Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1729




नवनिर्वाचित सांसदहरु माझी बस्ति मा
नवनिर्वाचित सांसदहरु माझी बस्ति मा

आफुले मतदात गरी बिजयी भएका निर्वाचित नेताहरु लाई आफ्नो घरमा देख्दा पर्वतको विहादी गाँउपालिका स्थित रानिपानीकी कला माझीदंग परीन् । नेताहरु चुनाव जितेपछी एक पटक गाँउ फर्किन्न् भन्ने सुनेकी उनलाई आफ्ना प्रतिनिधी घरमै आए भन्दा पत्यारै लागेन ।


अगाडी मत माग्न नेताहरु घरघरमा पुग्छन तर चुनाव जितेपछी एक पटक पनि जनता माझ फर्किन्न भन्ने गरीन्छ तर आज चुनाव जितेको केहीँ दिनमै हामी लाई धन्यवाद दिन घरमै आउनुभयो हामी लाई धेरै खुसी लाग्यो .उन्ले भन्नीन” । आफुलाई अमुल्य मतदान गरी बिजयी बनाएका मतदाता लाई धन्यवाद दिन माझी परिवार कहाँ पुगेका नवनिर्वाचित प्रदेश सभाका सांसद विकास लम्साल सँग उनीहरुले अबिर फुलमाला लगाएर खुसीयाली पनि साटे । माझी परिवार लाई भेटी उनीहरुका समस्या सुन्न कालिगण्डकी किनारमा अवस्थित माझी बस्तीमा पुगेका लम्साललाई माझीहरुले भव्य स्वागत पनि गरे । स्वागत गर्दै उनीहरुले जनताहरुले दिएको मतको कदर गर्न समेत आग्रह गरे । हाम्रो माझी बस्तीमा अहिँले सम्म एउटा नेताले पाईलो टेक्नुभएको थीएन हजुर आउनुभयो हामी लाई धेरै खुसी लाग्यो कुल बा.माझीले भन्नुभयो” हामी लाई बल्ल हाम्रो प्रतिनिधी भएको महशुस भयो । घर भित्र आफ्नो काम धन्दामा व्यस्त माझीहरु सांसद गाँउमा आउदा काम धन्दा थाँटी राख्दै एका एक बाहीर निस्केका थीए । 

माझीहरुले नवनिर्वाचित सांसद सँग बिहादी गाँउपालिका वडा नं. ३ रानिपानीको इमीचौरमा व्यवस्थीत बसपार्क बनाउने माग गरेका छन् । माझी परिवारको समस्या लाई तत्काल समाधान गर्न आफुहरु प्रतिबद्ध रहेको प्रदेश सभाका सांसद विकास लम्साल बताउनुभयो । उहाँले इमीचौरमा व्यवस्थीत बसपार्क निर्माण गर्न पहल गर्ने तथा कालीगण्डकी माथी इमीचौर देखी गुल्मीको पुर्तीघाट जोडने मोटरेवल पुल निर्माण गर्ने बताउदै उक्त पुल निर्माण भएपछी २ जिल्लाको सिधा सम्बन्धन जोडिने र यस ठाँउका माझी परिवारको दैनिक जिवन स्तरमा सुधार आउने बताउनुभयो । साथै उहाँले इमिचौरमा दक्षीण पर्वतकै ठुलो खेलकुद ग्राउण्ड बनाउन आवश्यक बजेट बिनियोजन गर्न पहल गर्ने बताउनुभयो । माझी परिवार लाई व्यवस्थीत आवास निर्माण गर्नुका साथै सिपविकास तालिम प्रदान गरी माझी परिवारको दैनिकीमा आमुल परिर्वतन आउने गरी काम गर्ने लम्सालले बताउनुभयो ।

http://phalewassandesh.com/story/2497
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)