Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1320




विद्यालयको प्राङ्गढमा पोल छ बिजुली बल्दैन
विद्यालयको प्राङ्गढमा पोल छ बिजुली बल्दैन

साजन परियार, पर्वत । बिद्यालयका भवन हेर्दा सुविधासम्पन्न छन् । दाताले दिएका कम्प्युटर पर्दाले ढाकेर राखिएको छ । विद्लायलमा विजुलीको लाईन जोडेको पाँच वर्ष भयो । पोलबाट नजिकैका घरहरुले तार तानेर घरमा विजुली बालेका छन् । तर, विडम्वना विद्यालयमा विद्युत छैन । लाईन भएर पनि विद्यालयमा बिजुली नवलेपछि विद्यालयको दैनिक प्रसासनिक काम प्रभावित भएको छ । 

पर्वतको फलेवास नगरपालिका–३ शकंरपोखरी चाउकामा अवस्थित जनसहयोगी माध्यमिक विद्यालयमा विद्युत नहुँदा पठनपाठनमा समस्या भएको छ भने, विद्यालयको कामकाज समेत प्रभावित बनेको छ । वि.स २०२८ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिलेसम्म विजुली जोडिएको छैन । उक्त विद्यालयमा २ सय ५० भन्दा बढि विद्यार्थी अध्ययरत छन । 

विद्यालयमा विजुली जोड्नको लागि केही बर्ष पहिला देखि प्रयास गरिएको भएपनि आर्थिक अभावका कारण विद्युत जोड्न सकिएको छैन । ‘हाम्रो विद्यालयमा आम्दानीको कुनै स्रोत छैन, विद्यालयका प्रधनाध्यापक गणेशवहादुर थापाले भने,‘नगरपालिका सँग हजार पटक बिन्ति गरौँ । सुनुवाई भएन ।,’ ‘नगरपालिकाले यो विद्यालयलाई हेर्ने दृष्ट्रिकोण फरक छ थापाले गुनासो गरे ।’   विद्यालयको अतिरिक्त आम्दानीको स्रोत नभएको कारण विद्युत जडान गर्न सकिएको छैन् । उनी भन्छन–‘विद्यायले आम्दानी गर्न सकिरहेको छैन, त्यहि भएर विजुली नजोडेको हो ।’ उनले कसैले सहयोग गरेमा  विद्युत जोड्न सहज हुने बताएका छन् । 

विद्यालयमा हाल सोलार जडान गरिएको छ । गतबर्ष ए.सी.डी मार्फत जडान गरिएको सोलार कम भोल्टेज भएका कारण समस्या भएको विद्यालय जनाएको छ । विद्यालयले हाल नर्सरी देखी केजीसम्मका विद्यार्थी मनोरञ्जन कक्षा संचालन गरेको भएपनि विद्युत नहुँदा समस्या भएको विद्यालयका अध्यक्ष अर्जुनवहादुर कार्कीले बताए । विद्यालयमा हाल शिक्षक दरबन्दी छैन । मा.वि तहमा एक जना पनि दरबन्दी छैन निम्न मा.वि तहमा पनि त्यस्तै छ । हामीले नगरपालिका सँग गुनासो राखेका छौँ  


सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)