Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2010




५ लाखको लागतमा देविस्थानमा गुम्बा निर्माण सुरु
५ लाखको लागतमा देविस्थानमा गुम्बा निर्माण सुरु

जेठ १५, पर्वत । पर्वतको फलेवासमा गण्डकी प्रदेशको आर्थिक सहयोगमा गुम्बा निर्माण कार्य सुरु गरिएको छ । फलेवास नगरपालिका–६ देविस्थानको मिलन टोलमा गण्डकी प्रदेश सरकारको ५ लाख सहयोगमा गुम्बा निर्माण हुन लागेको हो ।


गुरुङ समुदायको संस्कृति संरक्षण गर्ने र बुद्धको शान्ति र अहिंसाको मर्मलाई स्थापित गर्न गुम्बा निर्माण गर्ने लागेको देविस्थानका वडा अध्यक्ष भोलानाथ भुषालले जानकारी दिनुभयो । चार रोपनी जग्गामा भवन निर्माण हुन लागेको गुम्बाले छिट्टै पूर्णता पाउने वडा अध्यक्ष भुषालले बताउनु भयो ।


गुम्बाको फलेवास नगरपालिकाकी उपप्रमुख मन्जु अधिकारले शिल्यान्साय गर्नुभएको छ । 


सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)