
Correspondent, ParbatNepal
8 months ago
620

सविन रेग्मी, पर्वत । पर्बतको फलेबास नगरपालिका ७ को लमाय खोला
– लिमिठाना सडक कालो पत्रे हुने भएको छ । संघिय सरकारको बित्तीय सामान्यीकरण अनुदान
को रु १० करोड र फलेबास नगरपालिकाको थप रु २ करोडको सहयोगमा लमाय खोला देखी फलेबास
नगरपालीकाको वडा नम्बर ८ पोखराधारा सम्म उक्त सडक कालेपत्रे हुन लागेको वडा नम्बर ७
का वडा अध्यक्ष हरिराम रेग्मी बताए । आउने साउन महिना बाटनै टेण्डर प्रक्रिया अगाडी
बढाएर काम सरु हुने अध्यक्ष रेग्मीले बताए । करिब १८ बर्ष अगाडी खनीएको उक्त बाटो कालो
पत्रे हुन लागेको हो । अहिले उक्त सडक हिउँदमा केही सहज भएर सवारी सञ्चालन भए पनि बर्खाको
बेलामा भने ठाउँ ठाउँ पहिरो खसेर सडक अबरुद्ध हुने गरेको छ। सडक कालोपत्रे भएपछी फलेबास
नगरपालिकाका वडाहरु ७, ८, ९ लाई प्रत्यक्ष फाइदा पुग्ने अध्यक्ष रेग्मीले बताए ।
नगरपालिका
अन्तरर्गतनै प्रदेश सरकारको पुर्बाधार बिकास मन्त्रालय बाट रु ५० लाखले र्अचले,लिमीठाना
कुर्घा हुदै पाङराङ सम्मको ८ मिटर चौडा बाटो बनाउने काम भइरहेको छ।बडा अध्यक्ष रेग्मी
अनुुसार फलेबास नगरपालिका वडा नम्बर ७ मा ३ वटा ७०हर्ज पावरको मिनि टेलर हलो बितरण
गरीएको छ । नगरपालिका अन्र्तरगत ५० प्रतिशत र बाँकी ५० अनुदान बाट सहकारी सदश्य भएको
ब्यक्ती लाई सहकारीको सिफारिसमा बितरण गरेको हो ।
नगरपालिका ७ मा रहेको बन्दै गरेको लिमिठाना मा।बि।भवनको १६ लाख बराबरको ट्रस्टको काम भइरको बडा अध्यक्ष रेग्मीले बताए । साथै संघिय सरकार सामाजीक बिकास मन्त्रालय अन्तरर्गत लिमिठाना मा।बी को कक्षा ११ र १२ भएको भवनको वरपर कम्पाउन्ड निमार्ण गर्न रु ३ लाख बजेट छुटिएको वडा ७ का वडा अध्यक्ष हरिराम रेग्मी बताए ।