Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

11 months ago

304




फलेवासमा अंग्रेजी र गणित पढाउने शिक्षक एकजुट
loading...
फलेवासमा अंग्रेजी र गणित पढाउने शिक्षक एकजुट

पर्वत पर्वतको फलेवास नगरपालिका भित्र अध्यापन गराउँदै आएका अंग्रेजी गणित विषयका शिक्षकहरु एक जुट भएका छन् नगरपालिकाको शैक्षिक सुधारको लागि शिक्षकहरु एक जुट भएका हुन् उनीहरुले विषयगत समिति गठन गरेका छन्

नगरपालिका भित्रका १४ वटा माध्यमिक वटा निम्नमाध्यमिक तहमा अध्यापन गराउदै आएका करिव ६० जना शिक्षकहरुको उपस्थितीमा विषयगत समिती गठन गरिएको हो समितिले गणित विषय तर्फ अर्जुनकुमार रेग्मीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको रेग्मी भवानी भवानी विद्यापीठ माविका प्राचार्य हुन्

त्यस्तै समितिको उपाध्यक्ष्मा राजेन्द्र सापकोटा, सचिव गोविन्दराज पौडेल, कोषाध्यक्ष युवाराज शर्मा रहनुभएको ।सदस्यहरुमा शोभा केसी, बाबुराम भुुसाल, रघुनाथ पराजुली, पुर्णप्रसाद शर्मा,रामु पराजुली,पदमबहादुर कार्की गोविन्द खनाल रहनुभएको त्यस्तै अंगे्रजी तर्फको समितिको अध्यक्षमा लक्ष्मी प्रसाद शर्मा, उपाध्यक्षमा दिपेन्द्र चपाइ, सचिवमा पे्रम प्रसाद शर्मा,कोषाध्यक्ष भवानी पाठक रहनुभएको

सदस्यहरुमा धना न्यौपाने, अम्बा शर्मा, लोक प्रसाद सापकोटा ओमकार पौडेल शुरेस पोडेल,शिव प्रसाद शर्मा,लाल प्रसाद शर्मा,राजेन्द्र पोख्रेल दिवाखर अधिकारी रहनरभएको

समितीले नगरपालिका भित्र का विद्यालयमा शैक्षिक कार्यक्रमको समन्वय सञ्चालन  गर्ने तथा नगरपालिका को सहयोगमा अन्य बाहिरी स्रोत जुटाएर गुणस्तर वृद्धिमा लाग्ने उद्धेश्य सहित समिती गठन गरेको स्रोत व्यक्ति भरत शर्मा लम्सालले जानकारी दिनुभयो   

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)