Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

10 months ago

601




फलेवासमा कालोपत्रे – मुडिकुवादेखी अब लमायखेलासम्म पिच सडकमा सरर
loading...
फलेवासमा कालोपत्रे – मुडिकुवादेखी अब लमायखेलासम्म पिच सडकमा सरर

पर्वत चार बर्षदेखी सम्झौता भएको मुडिकुवा –झकलककुर्घालुङ्गखु सडकको मुडिकुलालमायखोला सडक खण्डको काम यो बर्ष पुरा भएको छ । फलेवास नगरपालिकासहित महाशिला, बिहादी र पैयुँ गाउँपालिका जोड्ने मुख्य सडकको ७ किमि खण्ड कालोपत्रे गर्न २०७२ माघमा चितवनको ओएसिस इन्जिनियरिङ एन्ड बिल्डर्स कम्पनीले ठेक्का सम्झौता गरेको थियो। फलेबास नगरपालिकामा पर्ने मुडिकुवा –झकलककुर्घालुङ्गखु सडकको मुडिकुलालमायखोला सडक खण्ड कालोपत्रे भएपछि स्थानीय वासी खुशी भएका छन् ।

ग्रामिण पूननिर्माण तथा पूर्नस्थापना आयोजना (आरआरआरएसडीपी)ले फलेबास नगरपालिका वडा नं ४ मुडिकुवा देखि फलेबास नगरपालिकाको वडा नं ५ मा पर्ने लमायखोला सम्म ७ किलोमिटर सडक कालोपत्रे गरेको हो । आरआरआरएसडीपी मार्फत कालोपत्रे भएको यो सडक नै फलेबास नगरपालिका भित्र कै पहिलो कालोपत्रे सडक हो ।

मुडिकुवा –लमायखोला खण्ड २०७४ असारमा नै सम्पन्न हुनुपर्ने भएपनि डेढ बर्ष ढिलो गरि कालोपत्रे भएको छ । कालोपत्रेको सबै काम सकिएको र भत्किएका नालीहरु मर्मतको काम भैरहेको ग्रामिण सडक सञ्जाल सुधार आयोजनाका जिल्ला आयोजना ब्यबस्थापक जगदीश शर्माले जानकारी दिनुभयो ।

२०७४ असारमा सडकको म्याद सकिँदा सम्म जम्मा ३० प्रतिशत मात्रै काम भएको थियो भने डेढ बर्ष म्याद थप गरेर भएपनि सडक सम्पन्न भएको छ ।

ठेकेदारले समयमा काम सम्पन्न नगर्दा समस्याग्रस्त बनेको सडक सम्पन्न गर्न सकिएको छ । ब्यबस्थापक शर्माले भन्नुभयो ‘फलेबास नगरपालिकाभित्र पहिलो कालोपत्रे सडक पुरा भएको छ । गत जेथप गरेर पौषको तेस्रो सातामा कालोपत्रे कार्य सकिएको हो ।

वर्ष नै सम्पन्न हुनुपर्ने फलेवास नगरपालिकासहित दक्षिण पर्वतका तीन गाउँपालिकालाई जोड्ने ७ किलोमिटर सडक कालोपत्रे बजेट अभाब र समयमा ठेकेदारले काम सम्पन्न नगर्दा कालोपत्रे गर्ने कार्य रोकिएको थियो ।

गएको असोजमा डोलीडारमा भएको छलफलका क्रममा कालोपत्रेको सबैकाम मंसिर मसान्त सम्म सक्ने सहमति भएको थियो ।

मुख्य ग्रामीण सडकअन्तर्गत पर्ने यो सडकले फलेवाससहित महाशिला, बिहादी र पैयुँ गाउँपालिकाभित्रका ३१ वडाबासीलाई प्रत्यक्ष लाभ पुग्छ। यीबाहेक जिल्लालाई दक्षिणबाट उत्तरसम्म जोडिने एक मात्र नियमित सडक बन्ने छ

 

यो सडकमा हिजोआज दैनिक सयभन्दा बढी सवारी गुड्छन्। २०५७ सालमा जिल्लाकै पहिलो ग्रामीण सडकका रुपमा ट्रयाक खुलेर सञ्चालनमा आएको सडकमा हालसम्म हिउँदका सात महिनामात्रै सवारी चल्ने अवस्था थियो ।

 

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)