Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 year ago

741




फलेवास नगरपालिका सार्वजनिक भवनमा स¥यो
फलेवास नगरपालिका सार्वजनिक भवनमा स¥यो

रोशन तिवारी, पर्वत भाडामा बस्दै आएको फलेवास नगरपालिकाले आजदेखि सार्वजनिक भवनबाट सेवा दिन शुरु गरेको फलेवास सिंचाई आयोजनाको प्रयोग विहिन भवनलाई मर्मत गरि नगरपालिकाले आफ्नो कार्यालय बनाएर सेवा शुरु गरेको हो

मोती सामुदायिक पुस्तकालयको भवनमा वटा कोठा भाडामा लिएर कार्यालय संचालन हुँदै आएको कार्यालय नयाँ ठाउँमा संचालन पछि सेवाग्राहीलाई समेत सहज हुने भएको साँघुरो कोठाबाट कार्यालय संचालन गर्दा व्यवस्थापनमा समस्या भएकाले फलेवास सिंचाई आयोजनाको भवनलाई प्रयोग गरिएको नगर प्रमुख पदमपाणी शर्माले बताउनुभयो

 नगरपालिका भित्रै सार्वजनिक सम्पत्ती प्रयोग विहिन भएकाले आँफूहरुले प्रयोग गरिएको उहाँको भनाई मर्मत हुन नसक्दा जीर्ण बनेको भवनलाई नगरपालिकाले मर्मत गरि प्रयोगमा ल्याएको शर्माले बताउनुभयो भाडामा लिएको घरमा विभिन्न शाखा तिनमा कार्यरत कर्मचारीहरुलाई एउटा टेवल समेत दिन नसक्दा सेवा प्रवाहमा समस्या हुँदै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोतिराम सापकोटाले बताउनुभयो

उक्त भवनमा १२ कोठा सहित बैठक हल व्यवस्थापन गरिएको उहाँले बताउनुभयो सोही ठाउँमा खाली जग्गा समेत भएकाले कोठा अपुग भएमा थप अस्थायी संचरना बनाउन सकिने उहाँको भनाई हाल बैकल्पिक व्यवस्थाका लागि उक्त भवन प्रयोग गरिएको उपयुक्त ठाउँ छनौट गरेर कार्यालय बनाउन समेत कार्यपालिकाले खोजी गरिरहेको फलेवास नगर कार्यपालिकाका प्रवक्ता टिकाराम गौडेलले जानकारी दिनुभयो अन्य पालिकाका कार्यालयहरु भाडामा संचालन हुँदै आएका छन्

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)