Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

9 months ago

620




फलेवासका उत्कृष्ट करदाता सम्मानित, फलेवास मुलुकै कम कर लिने नगरपालिका–मेयर शर्मा
loading...
फलेवासका उत्कृष्ट करदाता सम्मानित, फलेवास मुलुकै कम कर लिने नगरपालिका–मेयर शर्मा

पर्वत नेपालसंवाददाता पर्वतको फलेवास नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा उत्कृष्ठ कर तिर्ने करदाताहरुलाई सम्मान गरेको उत्कृष्ठ करदाताको रुपमा सबैभन्दा बढि कर तिरेर सहयोग गर्ने जना करदातालाई सम्मान गरिएको हो

सम्मानित हुनेहरुमा फलेवास नगरपालिका कार्कीनेटाका गौकुमारी श्रेष्ठ, सुर्यलाल श्रेष्ठ बाबुराम शर्मा रहनुभएको त्यस्तै फलेवास खानीगाउँका देवका सुबेदी, ढकाराम सुबेदी नरबहादुर क्षेत्री रहनुभएको नगरपालिकाले करदाताहरुलाई दोसल्ला कदरपत्रले सम्मान गरेको हो समयमै तोकिएको कर तिर्नुपर्छ भन्ने नागरिकहरुमा जागरुकता ल्याउन सम्मान गरिएको नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलले जानकारी दिनुभयो ।

 करप्रति नागरिकहरुको उत्साह बढाउन नगरपालिकाले कर सचेतना कार्यक्रम समेत सञ्चालन गर्ने भएको नगरपालिकाले १२ दिनसम्म कर प्रशिक्षण सञ्चालन गर्न लागेको प्रमुख प्रसासकिय अधिकृत मोतीराम सापकोटाले जानकारी दिनुभयो उहाँले करले नभई रहरले कर तिर्ने बानी बसाल्नुपर्ने आवश्यकता महसुस गरि कर प्रशिक्षण सञ्चालन गर्न लागेको बताउनुभयो नगरप्रमुख पदमपाणी शर्माले कर संकलन मात्रै आफुहरुको प्राथमिकता नभई नागरिकहरुलाई कर लिएपछि सुविधा पनि दिनुपर्छ भन्नेमा केन्द्रित भएको बताउनुभयो नगरपालिकाले नगरपालिकाका सबै वडामा उद्योग, व्यवसाय, लघु तथा घरेलु उद्योग, कृषि, पशुपालन व्यवसाय सञ्चालनका लागि प्रेरित गरिरहेको बताउनुभयो

नागरिकहरु व्यवसायमा मजवुत रुपमा लागेमा नगरवासीहरु पनि आत्मानिर्भर हुने राज्यलाई दिने कर पनि बढ्ने भएकाले यसप्रति नगरकार्यपालिका योजनाबद्ध रुपमा लागेको शर्माले बताउनुभयो उहाँले आफुहरुले नगरमा देशभरिकै स्थानीय तहभन्दा निकै कम कर लिने गरेको पनि शर्माले दावी गर्नुभयो  

 कार्यक्रमको स्वागत योजना व्यवस्थापक देबिप्रसाद तिमिल्सीनाले गर्नुभएको थियो भने सञ्चालन नगरपालिकाका कर्मचारी रमेश शर्मा पौडेलले गर्नुभएको थियो

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)