Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 months ago

232




फलेवासमा आयोजित स्वास्थ्य शिबिरमा झण्डै दुई हजारको उपचार
loading...
फलेवासमा आयोजित स्वास्थ्य शिबिरमा झण्डै दुई हजारको उपचार

चैत्र ३, पर्वत । पर्वतको फलेवास नगरपालिकाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा एक हजार १ हजार ७ सय ६६ जनाले उपचार सेवा लिएका छन् । नगरपालिकाको केन्द्र खानीगाउँमा आयोजना गरिएको बृहत स्वास्थ्य शिबिरमा नगरपालिकाका सबै जसो वडा र छिमेकी जिल्ला बागलुङको जैमिनी नगरपालिकाबाट आएका नागरिकहरुले पनि स्वास्थ्य सेवा लिएका थिए ।

शुक्रवार र शनिवार दुई दिन सम्म शिविर सञ्चालन भएको थियो । पहिलो दिन ९ सय ५० र दोस्रो दिन ८ सय १६ जनाले उपचार सेवा लिएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । स्वास्थ्यको पहुँचबाट टाढा रहेका र बजार जान नसक्ने स्थानीयलाई मध्यनजर गर्दै चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको नगरप्रमुख शर्माले बताउनुभयो ।

फलेवास नगरपालिकाका सबै वडामा स्वास्थ्य चौकी भएपनि ति स्वास्थ्य चौकीमा सामान्य रोगको मात्रै उपचार हुने गरेको छ । शर्माले शिविरमा बिशेषज्ञ डाक्टहरुको टोली आएकाले गाउँ गाउँबाट उपचारका लागि बिरामीहरु ओईरिएको बताउनुभयो । शिविरमा हाडजोर्नी, मुटुरोग, जनरल मेडिसिन, स्त्रीरोग,वालरोग,नाक कान घाँटी र दन्त रोगका बिरामीहरुको उपचार गरिएको छ ।

शिविरमा आउने विरामीहरुको भिडियो एक्सरे, रगत, दिसा, पिसाव, एक्सरे लगायतका सेवाका लागि स्थानीय धुलिखेल अस्पतालले सहजीकरण गरेको थियो । शिविरमा आउने बिरामीहरुलाई यातायातमा लाग्ने खर्च र अन्य व्यवस्थापन खर्च नगरपालिकाले व्यहोरेको थियो । 


सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)