Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2633




बिहादीवासीलाई खुशीको खवर : गण्डकी प्रदेशले विहादीमा प्रहरी चौकी स्थापना गर्ने
बिहादीवासीलाई खुशीको खवर : गण्डकी प्रदेशले विहादीमा प्रहरी चौकी स्थापना गर्ने

चैत्र ७, पर्वत । गण्डकी प्रदेश सरकारले १६ स्थानीय तहमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैकठले ११ जिल्लाका विभिन्न स्थानीय तहमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीराम पौडेलले जानकारी दिए । चौकी स्थापना गर्ने निर्णयसँगै बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयका दुई कार्यविधिसमेत पारित गरेको छ ।

स्थानीय तहमा एक प्रहरी चौकी अनिवार्य हुनु पर्ने व्यवस्थाअनुसार चौकी नभएका स्थानमा सरकारले चौकी स्थापना गर्ने निर्णय गरेको पौडेलले जानकारी दिएका हुन् । चौकी निर्माण गर्न साढे ४ करोड बजेट निकासा गर्ने निर्णय गरेको उनले बताए ।

स्याङ्जाको विरुवा र कालीगण्डकी, मनाङको नार्पाभूमी, पर्वतको बिहादी, तनहुँको घिरिङ, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका र बागलुङको गलकोट, लमजुङको क्वहोलासोथर र दोदी, मुस्ताङको लोमन्थाङ, गोरखाको चुमनुब्री, म्याग्दीको रघुगंगासहित पूर्वी नवलपरासीको हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा प्रहरी चौकी राख्ने निर्णय भएको हो । यस्तै गरी लमजुङको सुन्दरबजार नगरपालिकामा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको हो ।

 काठे पोल विस्थापित गर्ने

 यसैगरी मन्त्रिपरिषदको बैठकले प्रदेशभित्र रहेका बिजुलीका काठे पोल हटाएर स्टीलको पोल राख्न आवश्यक कार्यविधि पारित गरेको छ । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा प्रदेशभित्रका बिजुलीका काठोपोल विस्थापित गर्ने उल्लेख गरेको थियो ।

 सोलार जडान गर्न ८० प्रतिशत अनुदान

प्रदेशभित्र बिजुली नपुगेका स्थानका बासिन्दालाई सोलार जडान गर्न ८० प्रतिशतसम्म अनुदान दिने भएको छ । यसका लागि बैठकले घरेलु सौर्य प्रविधी  जडान कार्यविधि २०७५ पारित गरेको हो । प्रदेश सरकारले आगामी दुई वर्षभित्र हरेक घरमा बिजुली पुर्।याउने नीति लिएअनुसार बिजुली नपुगेका स्थानमा स्थानीय तहको समन्वयमा सोलार जडान गर्ने कार्यविधि बैठकले पारित गरेको हो ।

सम्बन्धित समाचार (विहादी गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)