Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2650




बिहादीलाई काठेपोल मुक्त बनाउन गाउँपालिकाले थाल्यो पहल
बिहादीलाई काठेपोल मुक्त बनाउन गाउँपालिकाले थाल्यो पहल

चैत्र १३, पर्वत । पर्वतको बिहादी गाउँपालिकाले गाउँपालिका भित्रका सबै काठेपोल विस्थापित गर्ने नीति तय गरेको छ । अर्को वर्ष भित्रमा काठेपोल बिस्थापित गर्ने कार्यक्रम तय गरेको गाउँपालिकाले जनाएको छ ।

सबै वडामा काठेपोल फेरेर फलामेपोल राख्दा ६ सय पोल आवश्यक रहेको छ । गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले यो वर्ष पोल खरिदका लागि ४५ लाख बजेट बिनियोजन गरेर टेण्डर खुलाईएको बताउनुभयो । गाउँपालिकाको वार्ड नम्बर १ बाच्छा बाहेक अन्य वडाहरुमा काठेपोलको प्रयोग गरेर बिद्युतीकरण गरिएको छ ।

५ वटा वडामा सामूदायिक बिद्युतिकरण र शालिग्राममा विद्युत प्राधिकरणबाट बिद्युतिकरण भएको थियो । वहाकी र उराममा विद्युतका पोल ढल्ने समस्या विकराल रहेको अध्यक्ष भुसालले बताउनुभयो । गाउँपालिकाले गतवर्ष देखि रानीपानी र वर्राचौरमा पोल फेर्ने काम गरिरहेको छ । रानीपानीमा करिव तीनसय पोल परिवर्तन गर्न थालिएको छ भने वर्राचौरमा करिव १२५ वटा पोल यसैवर्ष ल्याएर नयाँ पोल परिवर्तन गर्ने योजना रहेको छ ।

काठेपोल कुहिने, ढल्ने र दुर्घटना निम्तिने खतरा रहेका कारण पोल परिवर्तन गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार (विहादी गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)