Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 years ago

2880




पञ्चासे केवुलकार देशकै समृद्धिको आधार
पञ्चासे केवुलकार देशकै समृद्धिको आधार

पर्वत, कास्की र स्याङजाको सिमानामा रहेको प्रसिद्ध क्षेत्र पञ्चासेको लेकमा केवुलकार बनाउन थालिएको विषय अहिले चर्चामा छ । करिव १० अर्वको लगानीमा बन्न लागेको यो केवुलकारमा स्वदेशी तथा बिदेशी लगानी जुटाइँदै छ । केबुलकार निर्माण गर्ने योजनाका विषयमा पर्वत नेपाल डटकमले केवुलकार निर्माणका लागि लगानी जुटाउन खटिरहनुभएका यूरोप संयोजक कृष्ण तिवारीसंग कुराकानी गरेको छ । प्रस्तुत छ तिवारी संग गरिएको कुराकानीको अंश ।

पञ्चासे केवुलकार निर्माणको योजना कहाँ सम्म पुग्यो ?

पञ्चासे क्षेत्र धार्मिक पर्यटकिय , वातावरणिय, पर्यावरणीय हिसावले महत्वपूर्ण क्षेत्र हो । यो क्षेत्रमा केवुलकार बनाउँदा यो क्षेत्रका समूदायको मनोभावना बुझेर हामीले केवुलकार बनाउन थालिरहेका छौँ । कास्कीको घाँटी छिनादेखी संभाव्यता अध्ययनको काम भैसकेको छ । विजनेश एनलाईसेस रिपोर्ट, वातावरणीय प्रभाव मुल्यांकन प्रतिबेदन मध्य चरणमा पुगेको छ भने अन्य प्रक्रियागत काममा हामी प्रबेश गरिसकेका छौँ । केवुलकार निर्माणका विषयमा स्वदेश तथा बिदेशका विभिन्न फोरममा हामीले चर्चा र परिचर्चाको विषय बनाएर छलफल गरिरहेका छौँ । यो योजना हामीहरुको ड्रिम प्रोजेक्टको रुपमा अगाडी बढेको छ ।

केवु्लकार निर्माण गर्न कति खर्च लाग्दैछ र लागत कति जुट्यो ?

यो केवुलकार एउटा व्यवसायिक परियोजना हो । यसको लागत ११ अरव ३८ करोड ५० लाख रुपैयाँको अनुमान गरेका छौँ । यसका लागि लागत जुटाउने धेरै निकायहरु छन् । लगानी जुटाउनेहरुमा होल्डिङ आरकेडी कम्पनी लिमिडे, पञ्चासे केवुलकार , बन्दिपुर केवुलकार प्राली , टुरिजम ईन्भेष्टमेण्ट लगायत व्यवसायिक फर्महरुले सहकार्य गरिरहेका छन् । कर्पोरेट होल्डर र एक्सीडायरी समूह वर्गिकरण हुनेछ । पव्लिक कम्पनी आरकेडी नेपालको पहिलो कम्पनीको पहिलो योजना पनि हो । लगानीका लागि धेरै ठाउँबाट प्रतिवद्धताहरु आईरहेका छन् । हामीले सबै तिरबाट लगानी जुटाउने प्रयासमा छौँ ।

सरकारको साथ कस्तो पाउनुभएको छ ?

केन्द्र, प्रदेश र स्थानीय सरकार गरि तिनै तहका सरकारले राम्रो नजरले हेरेको पाएका छौँ । यो योजनालाई सरकारको तर्फबाट पूर्ण साथ र समर्थन रहेको छ । सरकारले भनेको सुखी नेपाली र समृद्ध नेपाल निर्माणको लक्ष्य पुरा गर्न पनि यो योजना सहयोगी सिद्ध हुने हामीले विश्वास लिएका छौँ । सरकारले सहयोग गरेको कुरामा कुनै शंका छैन । सरकारको सहयोग बिना हामी अगाडी बढ्न पनि सक्दैनौ । सरकारको पनि यसमा ध्यान जानुपर्छ । अहिले सम्म सकारात्मक सहयोग पाईरहेकै छौँ । 

 

आयोजना क्षेत्रका बासिन्दाहरुको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

प्रभावित क्षेत्रमा रोजगारीको विकास हुने , लगानी स्थानीयबाट पनि हुने भएकाले स्थानीय खुशी नहुने भन्ने प्रश्न हुँदैन । स्थानीय क्षेत्रमा विकास निर्माण हुने । अधिकाँश खुशी हुनुभएको छ । पञ्चासेको महत्व पनि बढ्ने, पर्यटकहरुको ओईरो लाग्ने र पञ्चासे विश्वको नजरमा पर्ने भएकाले स्थानीय बासिन्दा उत्साहित भएको पाइएको छ । स्थानीयको साथ लिएर हामीले योजना पुरा गर्न सक्छौँ भन्ने विश्वास लिएका छौँ । असन्तुष्टिहरु हामीले फेला पारेका छैनौ ।

केवु्लकार निर्माणका काम कहिले देखि शुरु भएर सम्पन्न हुनेछ  ?

आगामी माघसम्म शिलान्यास गर्दैछौँ । साढे ६ वर्षसम्म कम्पलिट हुने गरि काम गर्दैछौँ । हामीले आगामी सन् २०२५ सम्म सम्पन्न गर्ने लक्ष्य लिएका छौँ । यो केवलकार योजनाबद्ध ढंगबाट निर्माणको योजनामा छौँ ।

सर्वसाधारणहरुले कति लगानी गर्न सक्नेछन् ?

हामीले यो केवुलकारमा प्रभावित क्षेत्र पर्वतको मोदी, कास्कीको पोखरा महानगरपालिका, स्याङजाको आँधीखोला गाउँपालिकाका बासिन्दालाई ५ प्रतिशत शेयर राख्न सक्ने व्यवस्था गरेका छौँ । मिडिया, पत्रकार, सेना, प्रहरी, राष्ट्रसेवक कर्मचारी र सहकारी संस्थालाई २ प्रतिशत शेयरको हिस्सा समेट्ने कोशिसमा छौँ । यसरी सबै सर्वसाधारणहरुको लगानी र अपनत्व महसुस हुने गरि हामीले लगानी जुटाउने प्रयासमा छौँ । यो सबैको साझा संकल्प हो भन्ने हामीले बुझेका छौँ । सबैको लगानी,, साथ र सहयोग भयो भने योजना सम्पन्न गर्न हामीले सजिलो महसुस गर्नेछौँ ।

गैह्र आवासीय नेपालीहरुले पनि लगानी गर्दै हुनुहुन्छ होला नि ?

अवश्य पनि । हामीले स्वदेशी र बिदेशी लगानीबाटै लगानी जुटाउने अभियानमा छौँ । गैह्र आवासीय नेपालीहरुले ४० करोडको प्रतिबद्धता व्यक्त गरिसकेको समाचार तपाईको अनलाईन सहित अनय मिडियामा प्रकाशित भएकै हो । हामीले यूरोप, अष्ट्रेलिया, अमेरिका, खाडी मुलुकमा रहेका नेपालीहरुले लगानी गर्न ईच्छा देखाएका छन् ।

अन्तमा केहि भन्नु छ ?

तपाईहरुको यो लोकप्रिय अनलाईनले पञ्चासे केवुलकारको बारेमा केहि कुरा राख्ने मौका दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहान्छु । तपाई र तपाईको सबै टिमलाई आगामी दिनमा यस्तै सहकार्य गरिरहन अनुरोध गर्दछु । जनमानसहरुमा रहेको जिज्ञाशालाई मेटाउने मौका दिनुभएकोमा मैले आफुलाई जानेका कुरा भन्ने मौका पाएँ त्यसका लागि फेरि एकपटक आभार व्यक्त गर्दछु । धन्यवाद ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( अन्तर्वार्ता)