Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

3 years ago

1508




शंकरपोखरीको मुहार फेर्ने गरि काम गरेका छौँ : वडाध्यक्ष केसी
शंकरपोखरीको मुहार फेर्ने गरि काम गरेका छौँ : वडाध्यक्ष केसी

लामो समय सम्म रिक्त रहेको स्थानीय तहमा जनप्रतिनिधी आएपछि जनताका धेरै अपेक्षा थिए जननिर्वाचित प्रतिनिधीहरुले गाउँका समस्या समाधान गर्ने देखि स्थानीयको जीवनस्तर सुधार्न सहयोग गर्नेछन् भन्ने आशा भरोसा पनि थियो जनप्रतिनिधीहरुले अहिले सम्म के जनताको अपेक्षा अनुसार काम गरिरहेका छन ? जनप्रतिनिधी आँफैले गरेको बाचा पुरा भयो ? उनीहरुका योजना पुरा भए कि अझै अधुरा छन ? आज हामीले फलेवास नगरपालिका शंकरपोखरी पर्वतका वडाध्यक्ष अर्जुनवहादुर केसी संग कुराकानी गरेका छौँ  

वडाध्यक्ष ज्यूलाई पर्वत नेपाल डटकमको कुराकानीमा हार्दिक स्वागत गर्दछु  

धन्यबाद यहाँले मलाई केहि कुरा बोल्न दिनुभएकोमा आभारी छु  


शंकरपोखरीमा वडाध्यक्ष भएपछि के के नयाँ काम गर्नुभयो ?


लामो समय सम्म रिक्त रहेको पद कुर्चिमा आसिन हुँदा हाम्रो बिचमा धेरै चुनौतीहरु थिए हिजोको गाविस अहिले संघीयता पछि वडाको रुपमा रुपान्तरण भएपछि हाम्रो सामु नौलो अभ्यास पनि थियो गाविसबाट नगरपालिका वडाको रुपमा रुपान्तरण भएपनि शंकरपोखरीको मुहार भने हिजो जस्तो थियो आज पनि उस्तै थियो काम कहाँबाट शुरु गरेर कहाँ अन्त्य गर्ने भन्ने अन्यौल थियो तैपनि हामीले दैनिक प्रसासनिक सेवा सहित विकास निर्माण, आधारभूत आवश्यकताका अन्य कामहरु यहाँको चुनौतीको रुपमा रहेको खानेपानीको समस्या समाधान सबैभन्दा पहिले गर्नुपर्छ भनेर हामी लाग्यौँ  


खानेपानीको कुरा गरिहाल्नुभयो यहाँको खानेपानीको समस्या समाधान गर्न के के हुँदैछ ?


हो मैले भन्दै थिए तपाईले बिचमै रोक्नुभयो वास्तवमा यहाँ खानेपानीको समस्या सदियौँदेखिको हो हामी जहाँ पुग्दा पनि धेरैले शंकरपोखरीमा पानीको अभाव समाधान भयो भनेर सोध्नुहुन्छ जिल्लाभरिमा खानेपानीको समस्या भएको ठाउँ हाम्रो वडा भएको हुनाले हामीले तत्कालिन जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मार्फत कार्यान्वयन हुने गरि केन्द्रीय बजेट मार्फत अहिले लिफ्ट सिस्टमको खानेपानीको आयोजना शुरु गरेका छौँ यो आयोजनाको काम हामी जनप्रतिनिधी भएर आएको एक वर्षमै शुरु गरेका थियौँ लमाएखोलाबाट पानी तानेर घरघरमा धारा ल्याउने गरि उपभोक्ता समितिले काम गरिरहेको अधिकाँश काम सम्पन्न भएकाले घरघरमा धारामा पानी ल्याउने काममा हामी रातदिन खटेर लागेका छौँ यो आयोजनाले शंकरपोखरीको सबैभन्दा बढि पानीको समस्या भएका गाउँका बासिन्दाको तिर्खा मेटाउनेछ पानीको समस्याले बढेको बसाईसराई रोक्ने, पानीको अभावले बाँझो रहेको करेसावारीमा तरकारी फलाउने, आमा दिदीबहिनीलाई रातसाँझ नभनी पधेँरामा दौडिनुपर्ने बाध्यता हट्ने हाम्रो अपेक्षा कोरोना नभएको भए अहिले सम्म विद्युतको शाखाका टंकी बनिसकेका मुख्य लाईन बनिसकेको शाखा लाईन बनाउन बाँकी अबको कम्तिमा महिना बढिमा एक वर्षमा लमाएको पानी शंकरपोखरीमा आईपुग्छ  


यहाँ वडाध्यक्ष भएपछि विकासका काम के के गर्नुभयो ?


खानेपानी आयोजना प्राथमिक योजना भएपनि अरु योजना पनि हामीले शुरु गरेका छौँ भने कतिपय अहिले सम्पन्न हुने चरणमा छन् शंकरपोखरीमा सय वटा काठेपोल फेरेर हामीले सबै फलामेपोल राख्न सफल भएका छौँ वडा कार्यालय हुँदै सिसाठाँटी सम्म सडक खोलेका छौँ अमल्लाहमा बाटो पु¥याएका छौँ खल्डाँडा सिँचाई, मल्याङ्दी सिँचाई यो वडामा शुरु भएको मल्याङ्दीखोला, नुवार हुँदै चुचुनदेउराली सडक १२ किलोमिटरको स्तरउन्नतीका लागि डिपिआर तयार भएको जुन सडकको स्तरउन्नती गर्न ६५ करोड बजेटको माग भएको हाम्रो वडा कार्यालय जिर्ण रहेकाले हाम्रै कार्याकालमा नयाँ वडा कार्यालय बनाउन डिपिआर निर्माण भैसकेकाले अर्को वर्षबाट निर्माणको काम शुरु हुन्छ नगरकै गौरव हिलेखोला, कार्किनेटा, जैमिनीघाट सडक प्रदेश सरकार मार्फत विस्तार हुँदैछ यो सडक शंकरपोखरीमै सबैभन्दा बढि क्षेत्र समेट्ने सडक हो फलेवास नगरपालिकाले अघि सारेको रिङरोड विस्तार गर्दा पनि सबैभन्दा बढि क्षेत्र शंकरपोखरीमै पर्छ समग्रमा विकास निर्माणमा हामी द्रुत गतिमै छौँ  


सडक बाहेक जनजिविकाका सवालमा यहाँहरुको कम ध्यान गएको हो ?



हैन यहाँलाई मैले पहिले पनि धेरै कुरा भनिसकेँ पानीको समस्या समाधान गर्ने कुरा, सडक बिस्तार गर्ने कुरा पनि जनजिविका संगै सम्बन्धित सवाल हुन् त्यो वाहेक हामी  आउँदा भूकम्पले भत्किएका घरका जनताको ठूलो समस्या थियो अहिले २८० वटा घर बनिसके खरका छाना हटाएर टिनका छाना हाल्ने काम शुरु हुँदैछ जोखिममा रहेको बस्ती संरक्षण कार्यक्रम पनि हाम्रो प्राथमिकतामा हामीले यहाँका विद्यालयमा देखि कक्षा सम्मका बालबालिकालाई दिवा खाजा कार्यक्रम शुरु गरेका छौँ कृषिमा लाग्नेका लागि सय थान टनेल प्लाष्टिक वितरण, मजदूरका लागि कल्याणकारी कोष सञ्चालन, गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुलाई बेलाबेलामा तालिम, स्वास्थ्यचौकीमा औषधीको प्रर्याप्तता, महिला हिँसा न्यूनिकरण, मदिरा नियन्त्रण, यूवाहरुलाई क्षमता अभिबृद्धिका कार्यक्रम, किसानहरुलाई प्रविधि तालिम जस्ता कार्यक्रमहरु निरन्तर रुपमा चलाएका छौँ  


जनप्रतिनिधीका कामबाट जनताले पूर्ण सन्तुष्टि प्राप्त गरेका होलान ?


हेर्नुस सन्तुष्टि असन्तुष्टि मापन गर्ने सजिलो अस्त्र भनेको सञ्चारमाध्यम हो मैले सोध्दा हामी तपाईहरुको कामबाट सन्तुष्ट छौँ भन्नुहुन्छ हजुरहरुले जनतालाई नै यो प्रश्न सोध्दा उपयुक्त होला मेरो बिचारमा थोरै बजेट धेरै आवश्यकता भएको हुनाले सोचे जति हामीले काम गर्न सकेका छैनौँ हिजो गाविस हुँदा भन्दा अहिले विकास बजेट कम आउँछ उसैमा हाम्रो वडा ठूलो वडा जनसंख्या धेरै भएको वडा पनि बाहिरबाट बोल्न टिप्पणी गर्न सजिलो तर काम गर्न निकै गाह्रो भन्ने जनताले बुझनुभएको समग्रतामा हामीले आवश्यकता मागको आधारमा कार्यक्रम सञ्चालन गर्दै आएका छौँ मैले हामीले कुनै स्वार्थ नराखी काम गरिरहेका छौँ हिजो वडा कार्यालय बन्द हुन्थ्यो जनता सचिव खोज्दै हिँड्न्पथ्र्यो अहिले हामीले शनिवार बिदाको दिनमा बाहेक कार्यालय बन्द गरेका छैनौँ हिजो निर्वाचित जनप्रतिनिधी बेपत्ता भएर जनताले दुख पाएको कुरा पनि यहाँलाई थाहा होला आज हामी सबैले जनमतको कदर गरेर काम गरिरहेका हुनाले हामी शंकरपोखरीवासी सन्तुष्ट नै हुनुहुन्छ भन्ने मेरा दाबी  

शंकरपोखरीमा अब तत्कालै गर्नुपर्ने आवश्यक कामहरु के के हुन ?

तपाईलाई मैले कामको सूचि बनाएर देखाएँ भने तपाई दंग पर्नुहुन्छ लामो कुरा तिर नजाउँ छोटकरीमा भनौँ भन्ने लाग्छ अहिले तत्कालै हामीले गतवर्षको ठूलो वर्षाले जोखिममा रहेका बस्तीहरु संरक्षण गर्नुपर्नेछ बस्ती संरक्षण वा बस्ती स्थानान्तरण भन्ने विकल्पमा छलफल गरेर त्यहि अनुसारको योजना बनाउनुपर्छ भनेर नगरसभामा मैले बोल्दै आएको छु अर्को कुरा पुर्कोट, मैदान, गाम, धनार लगायतका स्थानमा रहेको ठूलो दलित बस्तीमा व्यवासाय तथा उद्यम सिर्जना गरि उनीहरुलाई आत्मानिर्भर गराउनुपर्ने आवश्यकता यसबारेमा नगरपालिकाले केहि कार्यक्रम शुरु गरेका अझै व्यापक रुपमा सञ्चालन गर्नुपर्छ महिलाहरुलाई आयआर्जनमा जोड्नुपर्ने आवश्यकता बैदेशिक रोजगारीबाट फर्केका यूवाहरु लाई रोजगारी दिएर यहिँ बस्ने रमाउने बनाउन सरकारले आकर्षक प्याकेजका कार्यक्रम ल्याउनुपर्छ हामीसंग धेरै खाले भिजन हुँदाहुँदै पनि केन्द्र प्रदेश सरकारले बजेट नै कम दिने हुनाले यि सबै कार्यका लागि माथिकै सरकारले मुठि फुकाएर सहयोग गर्नुपर्ने आवश्यकता देख्छु  


यहाँहरुले जनसेवामा पनि राजनीतिक भेदभाव गर्नुहुन्छ भन्ने आरोप नि ?


गलत भन्नुभयो हामीले जनताको सेवामा कहिल्यै पनि राजनीतिक भेदभाव गरेका छैनौ हामीले कहिँकतै कसैलाई फरक दलको आँखाले हेरेर फरक व्यवहार गरेका तपाईले देखाउनुस हामीले चुनावमा एउटा दलबाट टिकट लिएर चुनाव जित्यौँ अहिले निर्वाचित भएपछि हामी सबैको साझा हो वडामा सबै दलका साथीहरु संग मिलेर काम गरेका छौँ नेपाली काँग्रेस पार्टीको टिकट पाएर निर्वाचि भएको वडाध्यक्ष हुँ वडामा अरु सबै काँग्रेसबाटै निर्वाचित जनप्रतिनिधी साथीहरु हुनुहुन्छ नगरसभामा पनि काँग्रेस अल्पमतमा नेकपाका साथीरुहरु धेरै हुनुहुन्छ त्यहाँ पनि मैले कहिल्यै राजनीतिक प्रतिसोधको व्यवहार भएको महसुस गरेको छैन यहाँ वडामा चुनावको नतिजाले काँग्रेसको जनमत बढि भएपनि अरु दलमा विश्वास गर्ने जनता कम हुनुहुन्न सबै मेरा समान व्यवहार गर्नुपर्ने नागरिक हुन भन्ने सोचेर मैले काम गर्दै आएको छु मेरो नैतिकताले पनि यसो गर्न मिल्दैन  

कुराकानीका लागि धन्यबाद केहि कुरा भन्नुछ भनेर कृपया अन्तिममा भन्न सक्नुहुन्छ ?


सबैजसो कुरा सोध्नुभयो मैले भन्ने मौका पाएँ यहाँले हाम्रो वडामा आएर यहाँको समग्र विषयमा कुरा गर्ने मौका दिनुभएकोमा धन्यबाद शंकरपोखरीको विकास गर्ने कुरा जनप्रतिनिधीको मात्रै एकल दायित्व हैन सबैले हातमा हात काँधमा काँध मिलाएर विकासमा हाम्रो वडालाई अगाडी बढाउन जुटौँ भन्ने आग्रह गर्दै सबैलाई मेरो तर्फबाट धन्यबाद व्यक्त गर्दछु  

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( अन्तर्वार्ता)