Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 months ago

1116




बेलायतवाट २ लाख पर्यटक नेपाल भित्राउँछौँ : मेयर जगन्नाथ शर्मा
बेलायतवाट २ लाख पर्यटक नेपाल भित्राउँछौँ : मेयर जगन्नाथ शर्मा

 नेपाल भम्रण बर्ष २०२० को अवसरमा बेलायतको कालवर्न टाउन काउन्सील  नर्थयार्कशायर का मेयर डाक्टर जगन्नाथ शर्मा नेपाल आएका छन् । उनी पहिला सोही शहरका उपमेयर हुन् । श्रीमती लक्ष्मी शर्मा दुई छोरी डाक्टर प्रतिक्षा र प्रतिभा पौड्याल सँगै उनी नेपाल आएका हुन् । नेपाल आएसँगै उनले प्राचीन कपिलवस्तुको तौलिहवा बजार, भिक्षु चोक हुँदै पोखरा लगायतका शहरको  अवलोकन समेत गरिसकेका छन् । मेयर शर्मालाई बुटवलमा जारी औधोगिक प्रर्दशनीमा मेलामा सम्मान समेत गरिएको  । पर्वतको बिहादी गाउँपालिकामा जन्मिएका शर्मा २० बर्षदेखी बेलायतमा छन् । स्वदेशमा भएर पनि पर्वतको समृद्धि र विकासमा उनको ठुलो योगदान छ । युकेको रक्षा मन्त्रालयमा स्वास्थ क्षेत्रमा बरिष्ठ पदमा काम गरिराख्नु शर्मा हिमालयन डेल्स सांस्कृतिक हब यूकेको अध्यक्ष समेत हुन ।  २ वर्ष अगाडी कुश्माको शिवालय माविमा अध्यनरत दृष्टिविहिन विद्यार्थीहरुलाई पर्वत वेलफेयर सोसाईटी यूकेद्धारा स्थापना गरिएको अक्षकोषमा १ लाख भन्दा बढी सहयोग गरेका थिए ।  त्यस्तै भुकम्प जाँदा पनि उनले जिल्लाका धेरै विद्यालयमा सहयोग गरेका छन् । बेलायतको राजनिति क्षेत्रमा पर्वतवाट सबैभन्दा माथिल्लो तहमा पुग्न सफल  शर्मा पछिलो समय नेपाल सरकारले घोषण गरेको नेपाल भ्रमण बर्ष सफल बनाउन नेपाल आएका बेला  पर्वत नेपाल अनलाईनका प्रतिनिधी साजन परियारले  गरेको कुराकानी ।


तपाई नेपाल आउनुको मुख्य कारण के हो <

म नेपाल आउनुको कारण दुई वटा छन् । एउटा परिवार भेटघाट हो । अर्को मुख्य कारण नेपाल भ्रमण बर्षलाई सफल बनाउने हो । बेलायतमा हामीले भ्रमण बर्षको प्रचारप्रसार गरिसकेका छौँ । सरकारले भ्रमण बर्ष २०२० को औपचारिक रुपमा शुरु गरेपछि यहाँको वस्तुस्थितीलाई नजिकवाट नियाल्न म नेपाल आएको हुँ । नेपाल आएपछि मैले यहाँका केही पर्यटकीय क्षेत्रको अवलोकन गरे । वास्तवमा हाम्रा पर्यटकीय स्थल लोभलाग्दा र रमणिय छन् । यि क्षेत्रको प्रचारप्रसार गरि पर्यटन भित्राउन सके नेपाल छिट्टै समद्धि तर्फ अगडी बढ्ने थियो ।


भ्रमण बर्षलाई सफल बनाउन यहाँको कस्तो भूमिका हुन्छ <

भ्रमण बर्षलाई सफल पार्न मेरो अथक प्रयास रहन्छ । नेपालको आर्थिक विकास र समृद्धिकालागि सरकारले राखेको भ्रमण बर्ष आफैमा महत्वपूर्ण कार्य हो । नेपालीको नाताले मैले आफनो स्तरबाट यसको सफलताकालागि पुर्ण सहयोग गछु्र्र । साथै हाम्रो मुख्य भूमिका भनेको नेपालमा पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरि धेरै भन्दा धेरै पर्यटन नेपाल भित्राउने हो । हामीले अहिले  बेलायतवाट कम्तीमा २ लाख पर्यटन नेपाल भित्राउने लक्ष्य लिएका छौँ ।  हामी अहिले त्यसैको तयारीमा जुटेका छौँ । यहाँ धेरै नेपाली समुदायको बसोवास छ । यहाँ बस्ने नेपालीसँग कुनै न कुनै रुपमा बेलायती चिनजान भएकोले भ्रमण बर्षको जानकारी गराई एक नेपाली एक पर्यटक नेपाल पठाउने गरी अभियान अघि बढाएका छौँ ।


भ्रमण बर्ष २०२० सफल बनाउन प्रवासीको भूमिका कस्तो हुनु पर्दछ <

नेपाल भ्रमण बर्ष, २०२० को मुख्य लक्ष्य भन्नु नै नेपालको मौलिकता, संस्कृती, भौगोलिकता तथा पुरातात्विक विषयबस्तुहरुलाई विश्व सामु चिनाउन र नेपालमा पर्यटकको संख्या बढाउनु हो । अहिले विश्वका हरेक कुनामा नेपालीहरु हुनुहुन्छ । त्यहाँ भएका नेपालीहरुले आफ्नो राष्ट्रमा भएका पयटकिय गन्तव्य र स्थलहरुको प्रचारप्रचार गर्नु भएको छ । जस अन्तर्गत अन्तराष्ट्रियस्तरमा नेपालका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार भई पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ ।


भ्रमण वर्ष २०२० सफल बनाउन के कस्ता चुनौती र अवसर छन् <

नेपाल भ्रमण बर्ष, २०२० सफल बनाउन चुनौती र अवसर दुवै छन् । नेपाल पर्यटकीय दष्ट्रिकोणले निकै धनी छ । नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण र विश्वमै घुम्नै पर्ने दस वटा देशको सुचिमा नेपाल पनि परेको छ । नेपाल कला, सस्ंकृति, जात जाति, भाषा, धर्म लगायतका पक्षमा विविधताले भरिएको मुलुक हो । नेपालमा १२३ भाषा, १२५ जातजाति, र १० भन्दा बढि धर्म मानि मानिसहरु बसोबास गर्छन् । चार वर्ण छतिस जातका मानिसहरुको रहन–सहन रीतिरीवाज, चाडपर्व, संस्कृतिको पहिचान गर्न एवम् अध्ययनका लागि मानिसहरु आउने हुँदा नेपाल पर्यटकहरुको गन्तव्य बनेको छ । त्यति मात्र कहाँ हो र नेपाल प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण मुलुक हो । नेपालमा सगरमाथा मात्र नभएर कञ्चनजंघा, गौरीशंकर, मनास्लु, अन्नपुर्ण जस्ता हिमालहरु पनि प्रशस्त पाइन्छ । नेपालमा बिभिन्न संरक्षण क्षेत्र, सिकार आरक्ष र राष्ट्रिय निकुञ्जहरु पनि थुप्रै पाइन्छन् । चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, ढोरपाटन सिकार आरक्ष, कञ्चनजंघा सरंक्षण क्षेत्रहरु रहेका छन् । यसैगरी मनाङ, मुस्ताङ, मुगु, डोल्पा, लाङटाङ, गोसाइकुण्ड आदि पर्यटकीय गन्तव्य छन् । पर्यटन व्यवसाय अन्तर्गत पर्यटकहरुलाई होटल, लज, मनोरन्जन, सञ्चार, यातायात जस्ता विभिन्न सेवा सुबिधाहरु उपलब्ध गराउनु पर्दछ । जस्ले गर्दा पर्यटन व्यवसाय मौलाउँदै पर्यटन क्षेत्र व्यापक बनाउन मद्दत गर्छ । नेपालमा पर्यटन व्यवसायका थुप्रै सम्भावना छन् । यदि नेपाल सरकारले पर्यटन व्यवसायलाई मध्यनजर गर्दै यसको क्षेत्र व्यापक बनाउन तिर लाग्ने हो भने नेपालको अर्थतन्त्र नै यहि पर्यटन व्यवसायबाट धानिन सक्छ ।


नेपालले पर्यटन भ्रमण बर्ष सफल बनाउन के के कुरामा ध्यान दिनुपर्दछ <

सरकारले छिटो भन्दा छिटो राम्रो पूर्वाधार तयार गर्नुपर्छ । भएका पूर्वाधारको गुणस्तर सुधार गर्नुपर्छ । अन्तराष्ट्रिय जगतमाा हाम्रा कला संस्कृतिको व्यापक प्रचार गर्नुपर्छ । नेपालको पर्यटन प्रचारमा प्रवासी नेपालीहरूलाई परिचालन गर्न सक्नुपर्छ । प्राथमिकताका साथ सरकार, सरोकारवाला र नागरिकले कोशिस गर्दा भ्रमण बर्ष सफल हुनुका साथै नेपालको पर्यटन क्षेत्रबाट दिगो समृद्धि हासिल गर्न सकिन्छ । त्यति मात्रै होइन भ्रमण बर्षमा पर्यटक बोक्नका लागि नेपाल सरकारको स्वामित्वमा रहेका एयरलाइन्स कम्पनी कस्तो अवस्थामा छ, कतिवटा जहाज छन पर्यटकका लागि आवश्यक सुरक्षा, होटल लगायतका क्षेत्र संवेदनशिल हुनुपर्छ । नेपालले पाहुना बोलाएर सत्कार गर्न जान्नुपर्छ ।


बेलायत र नेपालको पर्यटन विकासमा के भिन्नता पाउनुभयो <

बेलायत र नेपालको पर्यटन विकासमा धेरै भिन्नता पाउन सकिन्छ । यहाँको पर्यटन विकासमा सरकारले कुनै कसर बाँकी राखेको छैन । तर नेपालमा पर्यटकले हेर्नलायक धेरै ठाउँ भएपनि त्यसको सही उपयोग र प्रचारप्रसार  हुन सकेको छैन । अर्को कुरा बेलायतमा पर्यटकका लागि सुरक्षा छ । तर नेपालमा बाह्य पर्यटकका लागि सुरक्षाको अभाव छ । पर्यटनबाट यथोचित विकास गर्नका लागि नेपाल सरकारले पर्यटन पुर्बाधार र पर्यटकका लागि आवश्यक सुरक्षाका प्रत्याभुति दिलाउनुपर्छ ।नेपालले आवास निर्माणमा नि ध्यान दिनुपर्दछ ।


पर्वतमा जन्मिएर बेलायत शहरको मेयर बन्नुभएको छ । पर्वतका स्थानीय तहसँग यहाँको कस्तो सम्बन्ध स्थापीत गदैहुनुहुन्छ  <

मेरो जन्म पर्वतको बिहादी गाउँपालिकामा भएको हो । पर्वतसँग म सवै कुराले परिचीत छु । यहाँको हावा, पानी र भूगोल सँग मेरो आफ्नै सम्बन्ध छ । पर्वत जिल्लाको विकास र समृद्धिमा मेरो तर्फवाट पूर्ण सहयोग रहन्छ । यसपाली पर्वत आउने मेरो ठुलो इच्छा थियो । तर समयको अभावले म पर्वत आउन सकिन । अर्का पटक पक्कै पनि पर्वत आउने छु । पर्वतका तीन पालिकासंग आफनो नगरपालिकाले भगेनेी संबन्ध कायम गरेर जिल्लाको विकास र समृद्धिमा के गर्न सकिन्छ, त्यो गर्ने योजनामा छु । साथै यो प्रकृया अघि बढिसकेको छ ।


अन्त्यमा केही भन्नु छ <

नेपाल भ्रमण बर्ष २०२० सबै नेपालीको साझा अभियान हो । अन्त्यमा म के भन्न चाहन्छु भने पर्यटन क्षेत्रमा प्रगती गर्ने बाटोहरु धेरै छन् तर यसका लागि मेहेनतको आवश्यकता छ । सबैभन्दा मुख्य रुपमा नेपाल सरकारले पर्यटन पर्यटन सम्बन्धि प्रचार प्रसार रणनितिहरु अध्यावधिक गरिनुपर्दछ । पर्यटकलाई दोबासे प्रर्याप्त मात्रमा उपलव्ध गराउनु पर्दछ । होटल, यातायता र सुरक्षाको प्रतियाभूती दिलाउनु सरकारको मुख्य चुनौती छ । यस तफर्, सरकारले बेलैमा सकारात्मक कदम चाल्नु पर्दछ । देशका पर्यटन व्यवसायीको आम्दानी र श्रम बजारमा रोजगारी बढाउने तर्फका कार्यमा सबै सरोकारवालाहरुले आवश्यक ध्यान पुर्याउँदै यो भ्रमण बर्ष २०२० लाई बास्तविक सफल पार्न आउँ सबैले हातेमालो गर्दै सकरात्मक सहयोग गरौं ।भन्न चाहान्छु ।


 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( अन्तर्वार्ता)