Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

4 months ago

196




क्लिन फलेवास ग्रिन फलेवास अभियानको आज यसरी शुभारम्भ गरिँदै
loading...
क्लिन फलेवास ग्रिन फलेवास अभियानको आज  यसरी शुभारम्भ गरिँदै

साजन परियार– पर्वत । फलेवास नगरपालिकाले ‘क्लिन फलेवास, ग्रिन फलेवास’ अभियानको आज औपाचारिक रुपमा शुभारम्भ गरिँदै छ ।  फोहोरका कारण मानव स्वास्थ्यमा नराम्रो असर पर्ने र वातावरण पनि प्रदुषण हुने भएकाले त्यसको न्यूनीकरणको लागि यो अभियानको थालनी गरिएको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभएको छ ।

अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नको लागि चौथो नगरसभाले सरसफाइ सम्बन्धि बिधेयक २०७६ नगरसभाबाट पारित गरि सरसफाइ र वृक्षारोपणका लागि ९ लाख छुट्टाएको उहाँले जानकारी दिनुभयो । नगरमा रहेका ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थालहरुको संरक्षण र प्रबर्द्धन गर्न र नगरलाई सुन्दर सान्त, हरियाली बनाउन यो अभियानले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने शर्माले बताउनुभयो । 

नगरपालिकाले थालनी गरेको क्लिन फलेवास ग्रिन फलेवास अभियानलाई प्रभावकारी बनाउन नगर स्तरीय क्लिन फलेवास, ग्रिन फलेवास समित गठन भएको छ, भने प्रत्येक वार्डमा वार्ड अध्यक्षको संयोजकत्वमा क्लिन वार्ड ग्रिन वार्ड समिति, नगरका सबै वार्डका टोलहरुमा १०० भन्दा बढी क्लिन टोल, ग्रिन टोल समिति र बिधालयहरुमा क्लिन बिधालय ग्रिन बिधालय समिति गठन गरिएको छ ।

गठित समितिहरुलाई परिचालन गरि सरसफाइलाई दिगो रुपमा निरन्तरता दिइने नगरपालिकाले जनाएको छ । सबै वार्डमा गठित समितिका अध्यक्ष र सचिवहरूलाई सरसफाइ सम्बन्धि तालिम पनि प्रदान गरिएको छ । यहि आज बिश्व वातावरण दिवसको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)