Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 weeks ago

257




गहते अम्वोट आधारभुत विद्यालयको देउसी भैलो कार्यक्रम
loading...
गहते अम्वोट आधारभुत विद्यालयको देउसी भैलो कार्यक्रम

कात्तिक ६, पर्वत । विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि पर्वतको फलेवास नगरपालिका४ मुडिकुवा अम्बोटमा अवस्थित गहते अम्वोट आधारभुत विद्यालयले देउसी भैलो कार्यक्रम शुरु गरेको छ ।

विद्यालयको शैक्षिक तथा भौतिक विकासमा कसैले चासो नदेखाएपछि शिक्षक, विद्यार्थी र अभिभावकले संयुक्त रुपमा देउसी भैलो खेलेर रकम संकलन गर्न थालेका हुन् । विद्यालयका अध्यक्ष चेतनाथ कुवँरको घरवाट शुरु गरिएको देउसी भैलो कार्यक्रममा आज २ लाख २५ हजार ४ सय ७६ रुपैयाँ संकलन भएको विद्यालयका शिक्षक मोती च्वाईले जानकारी दिनुभयो । विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा सहयोग पु¥याउने उद्देश्यले तिहारको अवसर पारेर देउसी  खेलिएको शिक्षक च्वाईले बताउनु भयो ।

देउसी भैलो कार्यक्रममा सोचेभन्दा राम्रो रकम संकलन भएको भन्दै विद्यालयका प्रधानध्यापक ओमकार पौडेलले विद्यालयमा निजिमा भन्दा गुणस्तरीय अध्यापन भईरहेको दावी गनुृभयो । विद्यालयमा अंग्रेजी र नेपाली दुवै माध्यमवाट अध्यापन गराउँदै आएको जानकारी दिँदै प्रधानाध्यापक पौडेलले विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको जिकिर गर्नुभयो । अभिभावकहरुको पनि विद्यालयप्रति निकै सदासयता बढेको भन्दै विद्यालयलाई खुलेर सहयोग उहाँको भनाई छ ।

आज खेलिएको देउसी भैलो कार्यक्रममा विद्यालयका अध्यक्ष चेतनाथ कुवँरले ५० हजार १ सय ८ रुपैयाँ र  विद्यालयका पूर्व शिक्षक डिल्लीराम कुवँरले ५० हजार १ सय ८ रुपैयाँ सहयोग गर्नुभएको विद्यालयले जनाएको छ । विद्यालयलाई सवैभन्दा बढि चन्दा दिने सहयोगदाताहरुलाई सोही अवसरमा सम्मान गरेको बताएको छ  ।उक्त भैलो कार्यक्रममा फलेवास नगरपालिकाका प्रवक्ता एवम् मुडिकुवाका वडाअध्यक्ष टिकाराम गौडेलको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)