Author
ParbatNepal

Contributor, ParbatNepal

4 years ago

1865




पर्वत समाज जापानको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न
पर्वत समाज जापानको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

मंसिर ९, पर्वत । संविधान सभा सदस्य एवम् पुर्व साँसद कल्पना चापागाई जापानमा सम्मानित भएकी छन् नेपालको संविधान निर्माणमा पुर्याएको योगदानको उच्च मुल्याङकन गदै उनलाई पर्वत समाज जापानले सम्मान गरेको हो चापागाई संविधान सभाको निर्वाचनमा पूर्व एमालेबाट समानुपातिक साँसद बनेकी थिईन सामजिक अभियानका रुपमा परिचित चापागाई रेडियो दिदिबहिनी पर्वतकी अध्यक्ष समेत हुन् महिलाद्धारा संचालनमा आएको रेडियो दिदिबहिनी जिल्लाकै पहिलो रेडियो हो

रेडियो मार्फत महिला शसक्तिकरणमा आवाज उठाउँदै आएकी चापागाईलाई यसअघि पनि विभिन्न संघसंस्थाले सम्मान गरेका छन् सामजिक कार्यमा सक्रिय चापागाई नेपाली प्रतिनिधिमण्डल संग जापान पुगेको थिईन जापानको रास्ट्रिय टेलीभिजन NHK को एक कार्यक्रममा भाग लिन उनी जापान पुगेकी हुन् जापान पुगेको अवसरमा जापानमा सक्रिय पर्वतेहरुको साझा संस्था पर्वत समाजले डिनर सहित उनलाई सम्मान गरेको हो

पर्वत समाज जापानले गैर आवसिय नेपाली संघको निर्वाचनमा कोषाध्यक्ष पदमा निर्वाचित जापानका सफल व्यावसाय एवम् पर्वत कुश्मा निवासी महेश श्रेष्ठ पत्रकार महासंघ जापानका अध्यक्ष महेश घलेलाई सम्मान गरेको पर्वतमा जन्मिएर गैर आवसिय नेपाली संघको कोषाध्यक्ष पदमा अत्याधिक मतले निर्वा्चित भएको भन्दै  श्रेष्ठलाई सम्मान गरिएको हो भने पर्वतको फलेवास नगरपालिका ठानामौलामा जन्मिएर पत्रकार महासंघ जापानको अध्यक्षमा दोस्रो पटक निर्वा्चित भएको भन्दै मोहन घलेलाई सम्मान गरेको पर्वत समाज जापानका अध्यक्ष सुजन जोशीले जानकारी दिए कार्यक्रममा समाजका संरक्षक ईश्वर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो

कार्यक्रममा बोल्दै चापागाईले पर्वतको समृद्धि विकासमा प्रवासी पर्वतेहरुले भूमिका महत्वपूर्ण रहेको बताईन संसारको जुन सुकै कुनामा रहेपनि आफ्नो जन्मभूमिप्रति सदैव माया रहने जिकिर गदै चापागाईले प्रवासमा सिकेको सिपलाई स्वदेशमै  सदुपयोग गर्न आग्रह गरिन पर्वत समाज जापानले सामजिक कार्यका साथ साथै आर्थिक तथा उत्पादनशील क्षेत्रमा लगानी गर्नु आह्वान गरिन

समाजका अध्यक्ष सुजन जोशीको अध्यक्षतामा जापानको राजधानी शिनओकुबोको डबका नेपाली रेष्टुरेण्टमा आयोजित कार्यक्रमको संचालन समाजका महासचिव जनक सुबेदीले गर्नुभएको थियो

सम्बन्धित समाचार ( जापान )
सम्बन्धित समाचार ( प्रवास)