Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 week ago

105




क्लिन फलेवास, ग्रिन फलेवास अभियानलाई प्रभावकारी बनाईँदै
loading...
क्लिन फलेवास, ग्रिन फलेवास अभियानलाई प्रभावकारी बनाईँदै

मंसिर १४ पर्वत पर्वतको फलेवास नगरपालिकाको गौरवको अभियानक्लिन फलेवास ग्रीन फलेवास लाई प्रभावकारी बनाउन थालिएको वातावरण संरक्षण स्वच्छतालाई जोड दिएको अभियानलाई नगरपालिकाले प्रभावकारी बनाउन वडावडामा पुगेर जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको यहि मंसिर २५ गतेदेखि नगरका ११ वटै वडामा पुगेर जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने तयारी रहेको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो

अहिले गाउँमा पानीका मुहान सुक्ने, मुहान सर्ने, रुखका पात पलाउने झर्ने प्रक्रियामा परिवर्तन देखिन थालेको विभिन्न नयाँ नयाँ रोगहरुको प्रकोप पनि देखिन थालेका छन् वातावरण बिग्रनु जलवायूमा परिवर्तन हुँदा यस्ता परिवर्तन देखिन थालेका हुन् नगरपालिकाले पर्यावरणलाई सन्तुलनमा राख्न बन जोगाउने, पानीका मुलको संरक्षण गर्ने, पोखरीमा पानी भर्ने, चौतारा संरक्षण गर्ने, घरटोल सफा गर्ने, धुँवाधुलो कम गर्ने जस्ता अभ्यास घरघरमा पु¥याउन थालिएको

वडा सँगै बिद्यालय टोलटोलमा गठन भएका समितिका पदाधिकारीहरुलाई सक्रिय बनाउने निर्णय गरिएको शर्माले जानकारी दिनुभयो दिगो विकासको लक्ष्यमा समाबेश सरसफाई स्वच्छता, वातावरण संरक्षण, दिगो समूदाय शहर जस्ता मुद्धालाई आधार मानेर नगरपालिकालेक्लिन फलेवास ग्रीन फलेवास अभियान सञ्चालन गरेको हो


नगरको सर्वाङ्गीण, बहुआयामिक तथा बहुउद्देश्यीय विकासमा नगरवासीलाई जोड्न अभियानले सहयोग पु¥याउने प्रवक्ता टिकाराम गौडेलले बताउनु भयो कृषि, पर्यटन, पूर्वाधार रोजगार, समृद्ध फलेवास, सुन्दर आधार भन्ने मुल नाराका साथ शुरु गरिएको अभियान प्रभावकारी हुने भएकाले गतवर्ष देखि कार्यक्रमको थालनी गरिएको थियो बिचमा रोकिएको अभियान पुन शुरु गर्न थालिएको गौँडेलले बताउनुभयो

अभियानले आर्थिक विकास सँगै  रोजगारलाई समेत जोडेको नगरप्रमुख शर्माले बताउनुभयो अहिले जलवायू परिवर्तनले विभिन्न असर देखाउन थालेको जलवायूको असर रोक्न पनि अभियानले सहयोग पु¥याउने नगरपालिकाको विश्वास

 

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)