Correspondent, ParbatNepal
6 years ago
1426
चैत ६ पर्वत । पर्वतको फलेवास नगरपालिकाका दुई वटा वडामा माटो परिक्षण गर्दा अत्याधिक अम्लियपन भएको पाईएको छ । कृषि प्राबिधिक नै कृषकको घर आँगनमा पुगेर नमुना संकलन गरि परिक्षण गरिएको थियो । वडा न ११ पाङराङ्ग र वडा न २ थापाठानामा माटो परिक्षण शिविर भएको थियो । पाङराङ्ग मा ८४ वटा र थापाठाना मा ९२ ओटा नमुना परिक्षण भएको छ ।
शिविरमा माटोमा रहेको प्राथमिक खाधतत्व नाइट्रोजन, फस्फोरस, पोटासियम प्राङ्गरिक पदार्थ र पि एच मापन गरिएको थियो । परिक्षण गरिएको धेरै जसो माटोमा अम्लियपना बढी भएको, पोटासको मात्रा मध्यम र फस्फोरसको मात्रा न्यून भएको पाइएको फलेवास नगरपालिका कृषि अधिकृत सन्तोष सुवेदीले जानकारी दिनुभयो ।
माटो तथा मल परिक्षण
प्रयोगशाला पोखरा कास्कीको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो । फलेवास
नगरपालिका प्रमुख पदमपाणी शर्माले माटो परिक्षण पश्चात उपचारका लागि पनि प्रक्रिया
शुरु हुने बताउनुभयो । बिग्रिँदो माटोलाई सपार्ने उपायको खोजी गरिने शर्माले
जानकारी दिनुभएको छ कृषिको व्यावसायिकरणमा कृषकहरु लाई प्रोत्साहन गर्न
नगरपालिकाले किसान मैत्री कार्यक्रमलाई जोड दिएको नगर प्रमुख शर्माले बताउनुभयो ।
