Correspondent, ParbatNepal
6 years ago
1910
चैत्र ११, पर्वत । पर्वतको फलेवास नगरपालिकाले कोरोना भाईरसबाट जोगिन विभिन्न उपाय अवलम्बन गरेको जानकारी दिएको छ । नगरवासीहरुलाई नियमित हातधुन सहयोग पुगोस भनेर प्रत्येक घरमा एक एक गोटा सावुन वितरण गरिएको छ । नगरप्रमुखको नेतृत्वमा घरघरै पुगेर सर्वसाधारणहरुलाई सावुन वितरण गरिएको छ ।
नियमित हात धुँदा रोग फैलिने दर कम हुने भएकाले नगरवासीहरुलाई नियमित हात धुन अनुरोध गरिएको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो । कसैलाई पनि घरबाहिर ननिस्कन, भीड नगर्न, नियमित उमालेको पानी पिउन, रोगको शंका लागेमा स्वास्थ्यकर्मीको सम्पर्कमा आउन अनुरोध गर्दै एक टोली खटिएको शर्माले बताउनुभयो ।
फलेवासका सबै नाकामा
आवातजावतमा हिजो देखि नै रोक लगाईएको छ । रोग फैलिन नदिनका लागि आवश्यक सबै तयारी भएको
फलेवास नगरपालिकाले जनाएको छ । रोगबाट बाँच्ने तरिका उल्लेख भएका सचेतना पम्पलेट सबैको
घरमा पु¥याइएको छ ।
