Correspondent, ParbatNepal
6 years ago
1469
बैशाख ९, पर्वत
। पर्वतको फलेवास नगरपालिकाले असिना पीडित किसानलाई रासायनिक मल वितरण गरेको छ ।
गतवर्षको जेठमा असिनाले खाद्यन्न, तरकारी
र फलफुलमा क्षती व्यहोरेका किसानलाई रासायनिक मल वितरण गरिएको हो । फलेवास
नगरपालिका– ३ शंकरपोखरीका १ हजार ५० परिवारलाई
नगरपालिकाले डिएपी, यूरिया र पोटास वितरण गरेको छ ।
वडाध्यक्ष अर्जुनबहादुर कार्कीका अनुसार बढि
क्षती भएका परिवारलाई १५ किलो, मध्य
स्तरका परिवारलाई १० किलाको दरले वितरण गरिएको छ । नगर कार्यपालिकाको निर्णय
अनुसार प्राप्त भएको ४ लाख ७६ हजार रुपैयाँले खरिद गरिएको मल किसानलाई वितरण
गरिएको छ । अहिले मकै गोड्ने, धान
र कोदोको बीउ राख्ने र वर्खे तरकारी लगाउने मौसममा रासायनिक मल पाउँदा किसानले
राहातको महसुस गरेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।
गतवर्षका पीडितले एक वर्षपछि राहात पाएका हुन्
। तर, असिनाले यो साता जिल्लामा करोडौँको
बालीनालीमा क्षती भएको छ । क्षतीको विवरण संकलन गरि राहातका लागि पहल भैरहेको कृषि
ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो ।
