Correspondent, ParbatNepal
6 years ago
1572
बैशाख १४,
पर्वत । हावाहुरीसँगै परेको चट्याङले प्रसारण लाईनको ट्रान्सफर्मरमा क्षति पु¥याएपछि
विद्युत आपुर्ति बन्द भएको पर्वतको एक गाउँमा एक सातापछि बिजुली बलेको छ । पर्वतको
फलेवास नगरपालिका–३ शंखरपोखरीमा एक सातापछि बिजुली
बलेको हो ।
गत आईतबार
साँझ परेको चट्याङका कारण क्षति पुगेको ट्रान्सफर्मर लगायतका बिद्युतिय सामग्रीको मर्मतपछि
बिद्युत सेवा सुचारु भएको विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रले जनाएको छ । बैशाख
७ मा परेको चट्याङले शंखरपोखरीकै एक महिलाको ज्यान समेत लिएको थियो । विद्युत आपुर्ति
बन्द हुँदा शंकरपोखरीका खल्डाँडा, विरौटा, अमल्लाह, टिउरे, सराङ्दी, लगायतका गाउँका
झण्डै ३ सय घरधुरी अन्धकारमा थिए ।
चट्याङले विद्युतको तार, पोल लगायत ट्रान्सफर्मर भएको ठाउँमा वरिपरिसमेत क्षति पु¥याएको थियो । हिजोदेखि विद्युत नियमित भएको शंखरपोखरीका स्थानीय सौगात रिजालले बताउनुभयो । विद्युतीय ट्रान्सफर्मर र इन्सुलेसनमा क्षति पुगेकाले लगातार पाँच दिन लगाएर मर्मत गरेपछि बिद्युत आपूर्ति नियमित गरिएको वितरण केन्द्र पर्वतका प्रमुख ललित नारायण चौधरीले बताउनुभयो ।
