Correspondent, ParbatNepal
6 years ago
1430
जेठ ५, पर्वत । पर्वतको फलेवास नगरपालिका वडा नम्वर ११ पाङराङ वडा कार्यालयले घरैमा पुगेर सामजिक सुरक्षा वितरण गरिएको छ । वडाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलाको घरमै पुगेर भत्ता वितरण गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण ज्येष्ठ नागरिकलाई समस्या भएको भन्दै वडा कार्यालयले घरमै गएर भत्ता वितरण गरेको पाङराङका वडा सदस्य टेकवहादुर पाठकले जानकारी दिनुभयो । घरचलाउन समस्या भएकाहरुलाई सामाजिक सुरक्षा भत्ता साहारा हुने भएकाले घर घरमा पुगेर सामाजिक दुरी कायम गरी वितरण गरेको पाठकले बताउनु भयो ।
वडा अध्यक्ष जितवहादुर सुनार शेरवहादुरको नेतृत्वमा जनप्रतिनिधी सहित कर्मचारी परिचालन गरी भत्ता वितरण गरिएको हो । वडाले १ सय ३ जना नागरिकलाई भत्ता वितरण गरेको छ । जनप्रतिनिधीहरु आएर घरमै भत्ताा दिँदा आफुहरुलाई निकै राहात मिलेको ६५ बषिया देववहादुर नेपालीले बताउनु भयो । उहाँले भन्नुभयो,‘लकडाउनले भत्ता लिन जाँन निकै समस्या भएको थियो, जनप्रतिनिधीले घरमै दिएपछि खुशी लागेको छ । पाङराङ वडा कार्यालयले यसअघि पनि घरघरमै भत्ता वितरण गरेको थियो ।
