Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2487




फलेबास नगरपालिकामा गुनासो संकलन अभियान
फलेबास नगरपालिकामा गुनासो संकलन अभियान

पर्वत । पर्वतको फलेवास नगरपालिकाले सञ्चालन गरेका कार्यक्रमलाई प्रभाबकारी बनाउने , सेवालाई प्रभाबकारी बनाउने तथा स्थानियस्तरमा रहेका जनगुनासोलाई सम्बोधन गर्न सहयोग पु¥याउने उद्देश्यले यतिबेला धमाधम गुनासो संकलन कार्य सञ्चालन भैरहेको छ ।

लोकल इन्टरभेसन गु्रप काठमाण्डौको सहयोगमा नगरपालिकाले गुनासो संकलन गर्ने गरि नागरिक गुनासो निवारण कार्यक्रम सञ्चालन गरेको हो । नागरिकका घरदैलोमा नै पुगेर संकलन गरिएका गुनासो सोझै नगर प्रमुख संग पुग्ने समाधानका लागि पहल गर्ने उद्देश्य कार्यक्रमको रहेको छ । 

गुनासो संकलन अभियनमा सामाजिक परिचालकहरु गाउँघर र बस्तीबस्तीमा नै पुगिरहेका छन नगरपालिका कार्यालयमा नै गुनासो ब्यबस्थापन अधिकृतले पनि गुनासो संकलन र समाधानको काम गरिरहेका छन । यस बाहेक फोन, इमेल,  फेसबुक र सोझै वेभसाईटमा समेत गएर गुनासो गर्न सकिने ब्यबस्था गरिएको छ । नगरभित्रका ११ वटै वार्डका विभिन्न टोल टोलमा नागरिक भेलाको आयोजना गरि नगरपालिकाले गुनासो संकलन भैरहेको छ । बैषाख ३ गते देखि शुरु भएको अभियानमा अहिले सम्म ३ सय भन्दा बढी गुनासो र समस्या संकलन भएका छन । 

नगरपालिकाभित्रका नागरिकहरुले  भुकम्प पिडितले दोस्रो किस्ता नपाएको, सडक फराकिलो बनाउँदा घर, बजार भत्काउनु पर्ने अवस्था आएको , सडकमा नाली बनाउनुपर्ने, सामुदायिक बिद्यालयका शिक्षकले निजीमा पढाउन नपाउने सहित  कृषि, स्वास्थ्य, खानेपानी, सिंचाइ,रोजगार लगाएतका बिषयमा गुनासो बढी गरेका छन । स्थानिय सरकार गठन भएपछि जनप्रतिनिधि बाट जनताका कामकार्य के कसरी सञ्चालन भएका छन, शुसासन तथा आर्र्थिक पार्दशिताको पक्ष के कस्तो रह्यो, अनि चुनावका बेला जनप्रतिनिधिले गरेका बाचा पुरा भए भएनन् भन्ने विषयमा सुझब तथा गुनासाहरु संकलन भईरहेको बताउनुहुन्छ, नगरपालिकाका गुनासो संकलन कार्यक्रमका संयोजक दुर्गाप्रसाद शर्माले जानकारी दिए । 

विभिन्न कारणवाट नगरपालिका सम्म पुगेर आफ्ना समस्या वारेको गुनासो व्यक्त गर्न नसकेका नगरिकहरुको गुनासो सोझै नगर प्रमुख सम्म पु¥याउन तथा उठेका गुनासो तत्काल ब्यबस्थापन गर्न  नगरपालिकालाई सजिलो बनाईदिन  पुलको रुपमा यो अभियानले काम गरेको संयोजक शर्माले बताए । 

गुनासो संकलन अभियान बैशाख र जेष्ठ महिना भर नगरपालिका भित्रका सवै वडामा सञ्चालन गरिने गुनासो ब्यबस्थापन  अधिकृत लकास सुवेदीले बताउनुभयो । गुनासो संकलन भेलामा सहभागि बन्न नपाउने नागरिकहरुले सिधै फोन मार्फत आफ्ना गुनासाहरु नगर प्रमुख सम्म पुर्याउन सक्ने व्यवस्था समेत गरीएको सुवेदिले बताउनु भयो । जनस्तरबाट आएका यस्ता माग तथा गुनासोहरुलाई तत्काल सम्बोधन गरिने नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो । हरेक बस्ती र घरघरका गुनासाहरु एकैपटक आइपुग्ने भएकाले आफुँलाई समेत जनताको पक्षमा काम गर्न र नगरपालिकाको कामलाई पारदर्शी समेत बनाउन अभियानले सहयोग पुगेको उहाँको भनाई छ । 

पर्वतको फलेवास नगरपालिका संगै बाराको जीतपुर सिमरा उप महानगरपालिका र ललितपुर को गोदावरी नगरपालिकामा परिक्षणको रुपमा गुनासो संकलन अभिएन सन्चालन गरिएको छ । 


सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)