Author
ParbatNepal
Correspondent, ParbatNepal
4 years ago
1318
जलजलामा मंगलबारदेखि एक घर–एक पिसिआर जाँच शुरू
कोरोना संक्रमितको संख्या बढ्न थालेपछि पर्बत जिल्लाको जलजला गाउपलिकाले मंगलबारदेखि एक घर–एक पिसिआर जाँच अभियान सुरु गरेको छ। संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले समुदायस्तरमा समुदायस्तरमा कोरोना परीक्षण सुरु गरेको हो।
गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले पालिकाभित्रका सबैलाई सो सुविधा लिन अपिल गरे । उनले कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने बताउँदै आफूले संक्रमित हुँदा भोगेको समस्याबारे समुदायमा जानकारी गराई अभियानलाई जनताको घरदैलामै पुग्ने गरी सञ्चालन गरिने बताए ।
जलजला गाउँपालिका ले हाल लाई एक घर एक PCR गर्ने छ। कात्तिक १ गते PCR गर्दा १६ जना लाई कोरोना पोजेटिभ दिखियको थियोे उहाँ...
Posted by Yam Bahadur Malla on Monday, 26 October 2020
मंगलबार बिहान १० बजे मिलनचोकबाट स्वास्थ्यकर्मीको टोलीले समुदायस्तरमा स्वाब संकलन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।
हरेक घरमा एक जनाको स्वाब संकलन गरिए पनि कोरोना संक्रमितको परिवारका भने सबैको संकलन गरिने भएको छ । यसअघि गाउँपालिकाका करीब पाँच सय जनाको पीसीआर परीक्षण गरिसकिएको छ ।
यसैबीच तत्काल पाँच शय्याको कोरोना अस्पताल बनाएर आवश्यकतानुसार विस्तार र होम आइसोलेसनलाई जनस्वास्थ्यको मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ ।
https://www.onlinekhabar.com/2020/10/905829
सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)