Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 years ago

2266




विकट गाउँमा सामूदायिक स्वास्थ्य ईकाइ स्थापना
विकट गाउँमा सामूदायिक स्वास्थ्य ईकाइ स्थापना


रोशन तिवारी पुष – ११ पर्वत । पर्वतको महाशिला गाउँपालिका–४ पाखापानी स्थित वाइकाटमा सामूदायिक स्वास्थ्य ईकाइ स्थापना गरिएको छ । स्वास्थ्यचौकीको पहुँचबाट टाढा रहेका करिव ५ सय घर परिवारलाई सेवा दिने गरि सामूदायिक स्वास्थ्य ईकाइ स्थापना गरिएको हो । स्वास्थ्य ईकाइमा स्वास्थ्यचौकी सरह सेवा प्राप्त गर्न सकिने गाउँपालिकाले जनाएको छ । 

बुधबार बाट औपचारिक रुपमा सामूदायिक स्वास्थ्य ईकाइको सेवा शुरु गरिएको हो । उक्त स्वास्थ्य ईकाइमा १ जना अहेव, १ जना अनमी र एकजना कार्यालय सहयोगीको दरवन्दि रहने जनाइएको छ । लामतुनमा रहेको स्वास्थ्य चौकीमा पुग्न करिव दुई घण्टाको दुरी हिँडेर जानुपर्ने वाध्यता रहेका स्थानीयलाई अहिले सामूदायिक स्वास्थ्य ईकाइ स्थापना भएपछि प्राथमिक उपचार सहित स्वास्थ्यचौकीमा हुने सेवा लिन सहज भएको गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले बताउनुभयो । 

गाउँपालिकाले गतवर्ष देखि नै पटक पटक निर्णय गरेर सञ्चालन गर्न नेपाल सरकारलाई अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि यसवर्ष भौतिक पूर्वाधार निर्माण, औजार, औषधी र कर्मचारीहरुलाई तलव दिने जिम्मा गाउँपालिकाले लिने गरि स्वास्थ् इकाई स्थापना गरिएको ठकुरीले बताउनुभयो । 

गाउँपालिकाले निकट भविष्यमा हेल्थ असिस्टेण्टको दरबन्दि दिने योजना समेत रहेको छ । सामूदायिक स्वास्थ्य ईकाइले साविकको पाखापानी गाविसका ४ वटा वडा, लुखुँको १ र वालाकोटको १ वटा वडाका बासिन्दालाई सुविधा दिनेछ । सिटामोल खान दुई घण्टा हिँडेर जानुपर्ने बाध्यता रहेका स्थानीय वासिन्दा दैलोमै स्वास्थ्य संस्था पाएकोमा खुशी भएका छन् । 


सम्बन्धित समाचार (महाशिला गाउँपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)