Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2007




महाशिला गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न, १० वटा कानुन निर्माण
महाशिला गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न, १० वटा कानुन निर्माण

फागुन ३०, पर्वत   महाशिला गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न भएको गाउँ सभाले १० वटा विभिन्न प्रस्ताव तथा ऐन कार्यविधिहरु पारित गरेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिएका छन्

 

गाउँ सभाबाट स्थानीय बन ऐन, बाताबरण तथा प्राकृतिक सोसरसफाइ ऐन, नगर प्रहरी ऐन, महाशिला बिकास स्वयंसेवक कार्यक्रम सन्चालन ऐन, उद्योग ब्यबसाय दर्ता ऐन, पारित गरेको यसै गरी गाउँ सभाले सार्वजनिक निजि साझेदारी ऐन, सस्था दर्ता ऐन, शिक्षा ऐन संशोधन, स्वास्थ ऐन संशोधन पुर्बाधार ऐन संशोधन समेत पारीत गरेको

 

गाउँ सभाले हाल बिश्व ब्यापीरूपमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस विरुद्ध जनचेतनामूलक कार्यक्रम संचालन तथा औषधि आपूर्तिको लागि थप रकम समेत विनियोजन गरेको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिए यसै गरी गाउँपालिकाले उत्पादन महा अभियान कार्यक्रम संचालन गर्ने समेत निर्णय गरेको

 

यो कार्यक्रम अन्तर्गत गाउँपालिकाले उत्पादनमुखी कार्यमा लगानी गर्ने उत्पादनमा लाग्ने कृषकलाई सहयोग गर्ने गाउँपालिकाले जनाएको

सम्बन्धित समाचार (महाशिला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)