Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1751




विहादीको २ वडामा खानेपानीको समस्या टर्दै
विहादीको २ वडामा खानेपानीको समस्या टर्दै

पुष १९ पर्वत-

पर्वतको वर्राचौर रानीपानीका वासिन्दाको खानेपानीको समस्या समाधान हुने भएको लिसेगेरा खानेपानी आयोजना शुरु भएदेखि वर्षौको खानेपानीको समस्या समाधान हुने भएको हो विगत देखि खानेपानीको समस्याले पिरोलिएको स्थानीयवासीहरुको मागलाई सम्वोधन गर्दै बिहादी गाउँपालीका बर्राचौर रानीपानीमा उक्त आयोजना शुरु भएको हो

एक घर एक धारा पुराउने अवधारणा अनुसार गत सोमवारवाट आयोजनाको काम शुरु भएको एक वर्षभित्रै आयोजनाको काम पुरा गर्ने लक्ष्य रहेको खानेपानी आयोजनाकोे शिलान्यास गर्दै बिहादी गाँउपालीकाका अध्यक्ष कमल प्रसाद भुसालले बिहादी गाँउपालीका साबिक बर्राचौर रानीपानी बडाका बासिन्दालहरु अवका दिनमा खानेपानीबाट बञ्चीत हुनुपर्ने अवस्थाको अन्तय हुने बताउनुभयो

भुसालले गुणस्तरियतामा विशेष ध्यान दिन आग्रह गर्नुभयो खानेपानीको समस्या समाधान गर्न गाउँपालिकाले ध्यान दिँदै आयोजनाको दिगोपन छिटो काम सक्न निगरानी गर्ने वताउनुभयो उक्त खानेपानी आयोजनाले दुई वडाका करिव सय भन्दा वढि परिवार लाभान्वित हुने जनाइएको

सम्बन्धित समाचार (विहादी गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)