Correspondent, ParbatNepal
8 years ago
1991
पुष २२ पर्वत -
पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थरमा भएको एक दिने आँखा शिबीरमा २ सय ५० जना भन्दा बढी बिरामीको निशुल्क आँखा परिक्षण गरिएको छ ।
मिलन फाउण्डेसन नेपालले हिमालय आँखा अस्पताल पोखराको प्राबिधीक सहयोगमा शनिबार सञ्चालन गरेको शिबीरमा २ सय ५१ जनाको निशुल्क आँखा परिक्षण गरिएको हो ।
शिबीरमा आँखामा गम्भीर समस्या भएका दुई जना भेटिएका छन भने मोतीया बिन्दुको अप्रेशन गर्नुपर्ने ६ जना बिरामीलाई पोखरा लगिएको छ । उनीहरुको हिमाल आँखा अस्पताल पोखरामा निशुल्क अप्रेशन गरिने भएको छ ।
यस अघि शिबीरको कुस्मा नगरपालिका वडा नं १४ का वडा अध्यक्ष भिमप्रसाद गुरुङ्गले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै अध्यक्ष गुरुङ्गले ग्रामिण क्षेत्रमा आँखाको समस्या लुकाएर बसेका बिरामीहरुलाई यस्ता शिबीरले महत्वपुर्ण सहयोग पुग्ने बताए । कार्यक्रममा हिमालय आँखा अस्पतालका डा. गोबिन्दराज योगीले पनि मन्तब्य ब्यक्त गरेका थिए । फाउण्डेसनका कोषाध्यक्ष दिपीका सिंजालीले कार्यक्रम माथि प्रकाश पारेकी थिइन भने कार्यक्रम संयोजक हितकाजी गुरुङ्गले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सहसचिब कमल थापले गरेका थिए ।
