Author
ParbatNepal
Correspondent, ParbatNepal
8 years ago
1681
यूवा परिषदका अध्यक्ष लामिछानेद्धारा पदभार ग्रहण
पुष २३ पर्वत
जिल्ला यूवा परिषद पर्वतको अध्यक्षमा मनोनित राजिव लामिछानेले पदभार ग्रहण गर्नुभएको छ । हालै मन्त्रीपरिषदको निर्णय अनुसार अध्यक्षमा मनोनित लामिछानेले आज कार्यालयमा उपस्थित भई पदभार ग्रहण गर्नुभएको छ ।
लामिछानेलाई कार्यालय प्रमुख उद्धिमराज पौडेलले पदभार गराउनुभएको छ । पदभार ग्रहण पछि वोल्दै लामिछानेले जिल्लाका सबै यूवाहरुलाई समेटेर यूवाहरुको क्षमता र प्रतिभाको विकासमा जोड दिने वताउनुभयो ।
लामिछानेले जिल्लाभित्रका यूवाहरुलाई समेटेर सृजनात्मक कार्यहरु शुरु गरिने वताउनुभयो । यूवाहरुको विचार तितर वितर भैरहेको परिपेक्षमा अव यूवाहरुलाई उत्पादनशिल वनाउने दिशामा समर्पित हुने लामिछानेले वताउनुभएको छ ।
सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)
