Correspondent, ParbatNepal
6 years ago
3286
पर्वत– यूनाईटेड स्पोर्टस क्लव देविस्थानले आयोजना गरेको बृहत फलेवास व्यापारिक कृषि खेलकुद तथा साँस्कृतिक मेला २०७६ मा दर्शको भिड बढेको छ । मंसिर १९ देखि शुरु भएको मेलाको आज तेस्रो दिन आउँदा दर्शककोसहभागिता ह्वात्तै बढेको हो । मेलाको शुरु भएको दुई दिनको तुलनामा आज दर्शकहरुको भिड अत्याधिक रहेको थियो ।
आज मात्रै झण्डै हजारभन्दा बढि दर्शकले मेलाको अवलोकन गरेका छन् । शनिवार सार्वजानिक विदा भएका कारण पनि दर्शकको भिड अत्याधिक बढेको हो । मेला हेर्नको लागि बागलुङ जिल्लावाट पनि अवलोकनकर्ताहरु आएका छन् । प्रचारप्रसार पनि व्यापक बनाईएकाले भोलीदेखि दर्शकहरुको भिड अझै बढ्ने आयोजकको दावी छ ।
शनिवार दर्शक बढि हुनु स्वाभाविक भएपनि अन्यदिन दर्शकको उपस्थितीले आफुहरु सन्तुष्ट भएको मेला मुल आयोजक समितिका संयोजक एवम क्लवका अध्यक्ष अच्चुत कृष्ण श्रेष्ठले दाबी गर्नुभयो । फलेवास नगरपालिकामा पहिलो पटक आयोजना गर्न लागेको सो मेलालाई अन्य मेला भन्दा पृथक बनाउन लागिएको छ । कृषि, स्थानीय उत्पादन, पर्यटनको विकासलाई जोड दिँदै हरेक वर्ष क्लवले मेला आयोजना गर्दै आएको छ ।स्थानीय कला र बस्तुको पहिचान तथा प्रदर्शनीका लागि मेलाले महत्वपूर्ण योगदान दिन तथा नगरपालिकाका ११ ओटै वडाहरु सहित पर्वत र छिमेकी जिल्ला बागलुङमा रहेको कला, उत्पादन र संस्कृतिलाई मेलामा देखाईने छ । मेला, बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक तथा हास्य प्रस्तुतीहरु रहने छ ।
मेला परिसरमा बनाइएको धरहरा झल्को दिने आकृति महोत्वसको अर्को आकर्षण बनिरहेको छ । त्यहाँ विशेष गरि सेल्फी खिच्नेहरु बढिनै देखिन्थे । त्यसैगरी, डुङगा सयर महोत्सवको अर्को आकर्षण बनेको छ । मेलामा परिसरमा रहेको बाल उद्यानमा बालबालिकाहरु रमाइरहेका छन् । त्यहाँ रहेको डुङ्गा शयरमा बालबालिकाहरुको भिड लागेको हो । त्यस्तै अन्य थुप्रै खेलहरुमा बालबालिका सहित अवलोकनकर्ताहरुले खेलको मज्जा लिइरहेका छन् ।
