Correspondent, ParbatNepal
8 years ago
1839
माघ १ पर्वत -
पर्वत जिल्लाको फलेवास, कुश्मा र महाशिला गाउँपालिकालाई आधारक्षेत्र बनाएर स्थापना भएको सिजनशिल बहुउद्धेश्यीय सहकारी संस्थाको चौथो अधिवेशन भँगरामा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले विपन्न नागरिकहरुको जीवनस्तर उकास्नका लागि ग्रामिण क्षेत्रमा सक्रिय यो सहकारीले महत्वपुर्ण भूमिका खलेको बताए ।
उनले सहकारीहरु केबल बचत र ऋणमा मात्र केन्द्रित नभई गरिब, असहाय र पछाडि परेका बर्गको उत्थानमा केन्द्रित हुनुपर्ने बताए । उनले मुलुकमा संविधान जारी भैसकेको र अब स्थानिय सरकारहरु बनिसकेका बेला सहकारीहरुलाई नियमन र उद्धेश्यअनुरुप काम गर्न आग्रह गरे । उनले फलेवास नगरपालिका भित्रकै नमुना सहकारीका रुपमा रहेको यो सहकारीलाई नगरपालिका सँग आवश्यक सहकार्य गरेर अघि बढ्न समेत सुझाव दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका सदस्य कबिता बिकले आफु स्थापना कालदेखिनै यो सहकारीसँग आवद्ध रहेको बताउँदै यसले ग्रामीण क्षेत्रमा महिला र विपन्न परिवारको जीवनस्तर उकास्नका लागि महत्वपुर्ण योगदान खेलेको चर्चा गरिन् । उनले विपन्नलाई सहुलियतमा ऋण दिने र उद्यमी बनाउन यो सहकारीले महत्वपुर्ण भूमिका खेलेको बताउँदै सहकारी स्थापना पछि धेरैको जीवनमा परिवर्तन आएको चर्चा गरिन् ।कार्यक्रममा फलेवास नगरपालिका वडा नं. ८ ठानामौलाका अध्यक्ष मनबहादुर कुँवर, नेपाल निजामती कर्मचारी टे«ेड यूनियन कास्कीका अध्यक्ष भरत भुसाल लगायले बोलेका थिए ।
सो अवसरमा शेयर सदस्यका छोराछोरीवाट गत वर्षको प्रवेशिका परिक्षमा उत्कृष्ट अंक ल्याउने दुई जना छात्र,छात्रालाई पुरस्कृत समेत गरिएको थियो भने उत्कृष्ट ऋणि बिन्दु विक, उत्कृष्ट बचतकर्ता इन्दिरा पन्त, उत्कृष्ट उद्यमी दुर्गा तिवारीलाई सम्मान एवम् पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले संस्थागत विकासका बारेमा, कोषाध्यक्ष निर्मला थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त सहकारीले आर्थिक वर्ष ०७३÷०७४ मा ६ करोड ४८ लाख ३० हजार बराबरको कारोबार गर्न सफल भएको छ । त्यस्तै द्रोणप्रसाद भुसालले लेखा तथा सुपरिवेक्षण प्रतिवेदन, नारायणप्रसाद पन्तले प्रगति प्रतिवेदन र उपाध्यक्ष कृष्णप्रसाद तिवारीले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अधिवेशनले नारायणप्रसाद पन्तको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्णप्रसाद तिवारी, सचिबमा टिकाराम भुसाल सहसचिबमा पुर्णबहादुर भण्डारी र कोषाध्यक्षमा कविता विकलाई चयन गरेको हो । त्यस्तै रमेश प्रसाद रिजालको संयोजकत्वमा लेखा समिति समेत चयन गरेको छ । उक्त सहकारीमा ९ सय २२ जना शेयर सदस्य आवद्ध छन् ।
