Correspondent, ParbatNepal
6 years ago
1552
फागुन २८, पर्वत । पर्वतको खानीगाउँमा सरसफाई सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । फलेवास नगरपालिका– ५ खानीगाउँको भवनपोखरा टोलमा ‘क्लिन फलेवास, ग्रीन फलेवास’ अभियान अन्तर्गत अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्र सेक्रेट नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको जनाईएको छ ।
कार्यक्रम सेक्रेट नेपालका संयोजक टिकाराम भुसालले टोलबासीलाई क्लिन फलेवास, ग्रीन फलेवास अभियानको बारेमा जानकारी गराउदै फलेवास नगरपालिकाले सञ्चालन गरेको उक्त अभियानलाई प्रभावकारी बनाउन चेतनमुलक क्रियाकलाप संचालन गर्नुपर्ने बताउनुभयो । घर, समुदाय वरपर सरसफाइ गर्नुपर्ने र फोहोरको वर्गीकरण गरि स्रोतको रुपमा बिक्री गर्न सकिने भुसालले बताउनुभयो ।
कार्यक्रममा नियम र मापदण्डअनुसार कुहिने नकुहिने फोहोरको वर्गीकरण तथा व्यवस्थापन, निजि तथा सार्वजनिक स्थलको सरसफाइ ,फोहोरलाई मोहरमा बदल्ने तरिका,फोहोर संकलन गर्ने सरल र उपयोगी तरिका, डस्बिनको उचित प्रयोग, फोहोरको पुनः प्रयोग गर्न सकिने तरिका, लगाएतको बारेमा जानकारी गराएको थियो ।
