Correspondent, ParbatNepal
6 years ago
2124
चैत्र २६, पर्वत । कुश्मा नगरपालिकाका कर्मचारीले नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन विकास कोषमा दश लाख रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम बराबरको चेक आज कुश्मा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनी मार्फत नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख सिता काफ्ले लामिछाने सहित वडाध्यक्षको रोहोवरमा हस्तान्तरण गरिएको हो ।
नगरपालिकाका कर्मचारी मध्ये नेपाल
सरकारका सचिव र सहसचिवले ७ दिनको तलव कोषका लागि प्रदान गरेका छन् । अधिकृत र
उपसचिवले ५ दिन रकम कोषमा प्रदान गरेका छन् भने सहायक स्तरका कर्मचारीले तिन दिनको
तलब कोषमा जम्मा गरिएको प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनीले जानकारी दिनुभयो ।
कर्मचारीकोे बैठकले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले
नगरपालिकाद्वारा स्थापना गरेको कोषमा उक्त रकम जम्मा गर्ने निर्णय भए बमोजिम रकम
सहयोग गरिएको पंगेनीको भनाई छ ।
कुश्मा नगरपालिकाले यसअघि सचिव र सहसचिवले पाँच
दिन तलव बरावरको तलव दिने निर्णय गरेको थियो । त्यस्तै सहायक र अन्य स्तरका
कर्मचारीको तिन दिनको तलव बरावरको परिश्रमिक दिने निर्णय गरेको थियो । नगरपालिकामा
हाल १ सय ९५ जना कर्मचारी कार्यरत छन् । नगरपालिका भित्र कार्यरत शिक्षकहरुले समेत
कोषमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
रकम बुझ्दै कुश्मा नगरपालिका मेयर रामचन्द्र
जोशीले नगरपालिकाले स्थापना गरेको कोरोना विपद राहात तथा उद्धार कोषमा कर्मचारीले
रकम सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो । मेयर जोशीले विषदमा सवैलाई सहयोग गर्न
आह्वान गनुृभयो । यस महामारीको सन्दर्भमा नगरका कर्मचारीले कोषमा गरेको सहयोगले
कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा
न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका
निम्ति सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछानेले विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रण तथा राहातका लागि कर्मचारीले गरेको सहयोगको उच्च प्रशंसा गर्नुभयो । उहाँले कोरोना भाइरसले निम्त्याएको महामारीलाई रोक्न सवै एक जुट भएर लाग्नुपर्र्नेेमा जोड दिनुभयो ।
यसैविच शिवालय बहुउद्देश्यीय सहकारी संस्थाले समेत ३० हजार १ सय २५ र सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले २१ हजार बरावरको चेक नगरपालिकाले प्रदान गरेको छ । कुश्मा नगरपालिकाले स्थापना गरेको राहात कोषमा करिव ६२ लाख रुपैयाँ जम्मा भईसकेको जनाईएको छ ।
