Correspondent, ParbatNepal
6 years ago
1753
चैत्र २८, पर्वत । कुश्मा नगरपालिकाको वडा नं १२ ठुलिपोखरिले १०३ जना दैनिक ज्यालादारी गरि जिबिकोपार्जन गर्ने विपन्न परिवारलाई राहात स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको छ ।
वडाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण लागी देशभर लागु भएको लकडाउनबाट प्रभावित मजदुरहरुका १ देखी २ जना सम्मको परिवार सँख्या भएकालाई १० केजी चामल, १ केजी मुसुराको दाल, १ लिटर खाने तेल, १ केजी नुन, १ वटा हात धुने साबुन वितरण गरेको छ । त्यस्तैगरि ४ जना सम्मको परिवारलाई २० केजी चामल, १।५ केजी मुसुराको दाल, १।५ लिटर खाने तेल, २ केजी नुन, १ वटा हात धुने साबुन वितरण गरिएको छ ।
५ जना वा सो भन्दा माथी सँख्या भएको परिवारको लागी ३० केजी चामल, २ के।जी मुसुराको दाल, २ लिटर खाने तेल, २ केजी नुन, १ वटा हात धुने साबुन वितरण गरेको कुश्मा नगरपालिका, वडा नं। १२ का वडा अध्यक्ष राजेन्द्र पौडेलले बताउनुभयो । साथै राहात पाउन बाकि दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका लागि भोलि बिहान ७ बजेबाट राहात वितरण गर्ने कुरा अध्यक्ष पौडेलले जानकारि दिनुभएको छ।
