Correspondent, ParbatNepal
6 years ago
1780
चैत्र २९, पर्वत । फलेवास नगरपालिकाले लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई राहात वितरण गर्न थालेको छ । नगरपालिकाले वडा कार्यालयको समन्वयमा नगरपालिका भित्र बसोवास गदै आएका अति विपन्न तथा गरिव परिवारलाई राहात वितरण गर्न थालेको हो । वडा अध्यक्षको रोहवरमा गरिव तथा विपन्न परिवारको लागत संकलन गरि सोही अनुसार राहात वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ ।
मुडिकुवाका ७०
घरधुरीलाई राहात वितरण
फलेवास नगरपालिका ४
मुडिकुवामा पनि लकडाउनका कारण घरखर्ची सकिएका परिवारलाई राहात वितरण गरिएको छ ।
वडा कार्यालयले नगरपालिका बाट प्राप्त राहात सामाग्री वितरण गर्न शुरु गरेको हो ।
राहात वितरण शुक्रवारबाट शुरु गरेको वडाध्यक्ष टिकाराम गौँडेलले जानकारी दिनुभयो ।
मुडिकुवामा ७० जना
राहात पाउने सूचिमा छन् । टोलसुधार समितिबाट बाट छनौट भई आएका सूचिलाई राजनीतिक
सयन्त्रबाट फेरि छनौट गरेर राहात दिनेहरुको सूचि बनाएर वितरण भैरहेको गौँडेलले
बताउनुभयो । उहाँका अनुसार २ जनाको परिवारलाई साढे १२ केजी चामल, १ केजी दाल, १ केजी चिउरा, १ लिटर तेल, २ वटा साबुन वितरण गरिएको छ भने ३ देखी ४ जनाको परिवारलाई १ बोरा चामल, ३ केजी चिउरा, २ केजी चना, २ पोका तेल, २ पोका नुन र साबुन वितरण गरिएको छ । त्यस्तै ४ देखी माथिका परिवारलाई ३७ केजी
चामल र सोही अनुसार अन्य खाद्यान्नका सामग्री वितरण गरिएको छ ।
जिल्ला प्रसासन
कार्यालयले राहात वितरणमा भीड नगर्न भनेपछि वडा कार्यालयले ५÷५ जनालाई बोलाएर ४ मिटरको फरक बनाई राहात सामाग्री वितरण गरिरहेको छ । पहिलो
प्राथमिकता बढि समस्या भएका परिवारलाई दिईएको नेपाली काँग्रेसका वडा सभापती पुनाखर
गौँडेलले जानकारी दिनुभयो । बढिजसो दलित समूदाय,
अपांग, अशक्त, ज्याला मजदूरी र चुल्हो नबलेको परिवारलाई राहात दिईएको गौँडेलले बताउनुभयो
पाङराङका ६९ घरधुरीलाई
राहात स्वरुप खाद्यान्न वितरण
पर्वतको फलेवास
नगरपालिका–११ पाङराङले दैनिक मजदुरी गरी घर गुजारा गर्ने मजदुर
परिवारलाई खाद्यान्न वितरण गरेको छ । लकडाउनका कारण उनीहरुलाई खाद्यान्न अभाव हुन
थालेपछि वडाअध्यक्ष जितवहादुर सुनार शेरवहादुरले वडामा रहेका ज्यालादारी अति गरिव
तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गर्नुभएको हो । वडा अध्यक्ष सुनारका अनुसार
वडाका ६९ घरधुरीलाई राहात स्वरुप खाद्यान्न वितरण गरिएको छ । उहाँका अनुसार २
जनाको परिवारलाई साढे १२ केजी चामल, १ केजी दाल, १ केजी चिउरा, १ लिटर तेल, २ वटा साबुन वितरण
गरिएको छ भने ३ देखी ४ जनाको परिवारलाई १ बोरा चामल, ३ केजी चिउरा, २ केजी चना, २ पोका तेल, २ पोका नुन र साबुन वितरण गरिएको छ । त्यस्तै ४ देखी माथिका परिवारलाई ३७ केजी
चामल र सोही अनुसार अन्य खाद्यान्नका सामग्री वितरण गरिएको छ । उनीहरुलाई काम गर्न
सहज वातावरण नहुन्जेलसम्म ज्यादारी गरी परिवारको हातमुख जोड्ने मजदुर परिवारलाई
खाद्यान्न गरिएको वडा अध्यक्ष सुनारले जानकारी दिनुभयो । ज्यालादारीको पहिचान गरेर
लकडाउन अवधिभरसम्मका लागि आवश्यक पर्ने चामाल, दाल, नुनतेल दिएको अध्यक्ष सुनारले बताउनु भयो । अध्यक्ष सुनारले भन्नुभयो,‘ लकडाउनका कारण ज्यालादारीका काम बन्द छन्, ज्यालादारी गर्ने
मानिसको चुलो बल्नै छाडेपछि वडा कार्यालयले राहत प्याकेज बनाई खाद्यान्न वितरण
गरेको हो ।’ वडामा क्रियाशिल राजनितिक दलहरुको सर्वपक्षिय भेलावाट एकद्धार प्रणली अप्नाएर
खाद्यान्न वितरण गरेको उहाँको भनाई छ ।
