Correspondent, ParbatNepal
6 years ago
1832
बैशाख १४, पर्वत । कुश्मा नगरपालिका वडा नम्बर २ खुर्कोटले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । वडामा रहेका ५ सय ८० जना बृद्धबृद्धाहरु मध्ये १ सय २८ जनालाई भत्ता दिइसकिएको र आईतवार दोश्रो चरण अन्तर्गत १सय ५० जनालाई बृद्धा भत्ता प्रदान गरिएको वडा अध्यक्ष यदुनाथ बास्तोलाले जानकारी दिनुभयो । अन्य छुटेकाहरुलाइ फेरि अर्को चरणमा भत्ता उपलब्ध गराउने अध्यक्ष बास्तोलाले जानकारी दिनुभएयो ।
कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेको उपस्थितिमा भत्ता बितरण गरिएको हो । लकडाउनका कारण बजार जान नपाएका र समस्या परेका बृद्धबृद्धाहरुको चहाननुसार बृद्धा भत्ता टोलमै लगेर बितरण गर्दा आफुलाइ पनि खुसी लागेको उपप्रमुख लामिछानेले बताउनु भयो ।
त्यस्तै कोरोना भाइरसवाट सचेत रहन सबैलाइ आग्रह गर्दै महामारीबाट जोगिन नगरपालिकाबाट विभिन्न काम हरु गरेको उपप्रमुख लामिछानेले बताउनुभयो ।
लकडाउनमा समाजी दुरी कायम गरी भत्ता बितरण गरिएको कार्यक्रममा वडाका जनप्रतिनिधि शैक्षिक तथा सामाजिक ब्यक्तिहरुको पनि उपस्तिथि रहेको वडा सदस्य शान्ति शर्माले जानकारी दिनुभयो । संकटको बेला टोलमै भत्ता बुझ्न पाउँदा वृद्धबृद्धाहरु खुसी भएका थिए ।
