Correspondent, ParbatNepal
6 years ago
1426
जेठ ८, पर्वत । कोरोना भाइस (कोभिड–१९) को संक्रमण फैलिन नदिन कुश्मा नगरपालिका–९ कटुवाचौपारीले विशेष सतर्कता अप्नाउन थालेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण दर बढ्दै जानथालेपछि वडा कार्यालयले आज सर्वपक्षिय भेला आयोजना गरि नागरिकका राय सुझाव संकलन गरेको हो ।
भेलामा बोल्ने अधिकाँश स्थानीयले कोरोनको रोकथाम र नियन्त्रणका लागि सवै एक जुट हुनुपर्ने धारणा राखेका छन् । रोगले धनि गरिव, जात, लिङ्ग र वर्णका आधारमा विभेद नगर्ने भएकाले सवै वर्ग र समुदाय एक जुट भएर कोरोनाको संक्रमणलाई परास्त गर्न सुझाव दिएका छन् । बैठकलाई सम्बोधन गदै कुश्मा नगरपालिकाकी उपप्रमुख सिताकाफ्ले लामिछानेले विपदमा सबै एक जुट हुनुपर्ने धारणा राख्नुभयो । उहाँले कोरोना भाइरस सरुवा रोग भएकाले यसको माध्यमवाट ज्याननै जान सक्ने खतरा रहेको औल्याउनु भयो । उहाँले महामारीको समय भएकाले सबै नागरिक गम्भीर भएर लाग्नुपर्ने सुझाव दिनुभयो । साथै यहाँले कुश्मा नगरपालिकाले कोरोनाको संक्रमण फैलिन नदिन तिव्र रुपमा काम गरेको दावी गर्नुभएको छ ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघ गण्डकी प्रदेशका संयोजक शिवशर्मा अधिकारी, नेकपा कटुवाचौपारीका अध्यक्ष सुरेश पिसी, नेकपाका स्थानीय नेता प्रेम नारायण अधिकारी, पत्रकार युवनाथ पौडेल, महिला नेत्री तारा पराजुली, कटुवाचौपारी स्वास्थ्य चौकीका प्रमुख विनोद कुमार श्रेष्ठ, सार्वजानिक माविका अध्यक्ष सरोज शर्मा बैरागी,गायत्री प्राथमिक विद्यालयका अध्यक्ष पितम्वर शर्मा, जनप्रिय प्राविका प्रधानाध्यापक रमाकर अधिकारी, सार्वजानिक माविका प्रधानाध्यापक चन्द्रशेखर उपाध्याय लगायतले बोल्नुभएको थियो ।
स्थानीय विपत व्यवस्थापन समितिका संयोजक एवम् वडा अध्यक्ष कृष्णाप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको बैठकले सार्वजानिक माध्यमिक विद्यालयमा आवश्यकताको आधारमा क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ । साथै अन्य जिल्लावाट आउने व्यक्तिलाई सिधै क्वारेन्टाईनमा राख्ने जनाएको छ । वडा कार्यालयले कटुवाचौपारीवाट विदेश पलायन भएका नागरिकको डाटा संकलन गर्ने भएको छ । कोरोना भाइरस फैलिन नदिन वडा कार्यालयले माइकिङ्ग मार्फत सचेतनाका सन्देश प्रवाह गदै आएको वडा सचिव टेकप्रसाद भुषाले जानकारी दिनुभयो ।
