Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2033




थापाठानामा भलिबल प्रतियोगिता सम्पन्न
थापाठानामा भलिबल प्रतियोगिता सम्पन्न




रोशन तिवारी फागुन २ पर्वत । 

पर्वतको फलेवास नगरपालिका २ थापाठानामा शिवरात्री पर्वमा आयोजित भलिबल प्रतियोगिता सम्पन्न भएको छ । ‘पूर्ण स्वास्थ्यका लागि खेल’ भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको थियोे । थापाठानामा रहेका थापाठाना खेलकुद क्लव, उन्नतशील युवा क्लव र मिलन युवा क्लवको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । 

गाउँपालिका र नगरपालिका स्तरिय आयोजित खुल्ला भलिबल प्रतियोगितामा आर्थर डाँडाखर्क युवा क्लव पहिलो, आयोजक थापाठाना युवा क्लव दोस्रो र भँगरा युवा क्लव तेस्रो भएको खेल संयोजक रमेश श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै ५ किलोमिटर दौड प्रतियोगितामा मदन भण्डारी पहिलो, गौरव कुवँर दोस्रो र कमल नेपाली तेस्रो हुनुभएको छ । 

कार्यक्रममा बोल्दै फलेवास नगरपालिका मेयर पदमपाणि शर्माले समाज रुपान्तरणका लागि स्थानिय क्लवहरुको अहम भूमिका खेलेको बताउनु भयो । उहाँले खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनका लागि नगरपालिकाले कार्ययोजना अगडी बढाएको जानकारी दिनुभयो । 

कार्यक्रममा फलेवास नगरपालिका २ थापाठानाका अध्यक्ष गंगानारायण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । थापाठाना खेलकुद क्लवका अध्यक्ष  आकाश क्षेत्री राजेन्द्रको अध्यक्षता, उन्नतशील युवा क्लवका अध्यक्ष कमलवहादुर खत्री र मिलन युवा क्लवका अध्यक्ष भानुप्रकाश थापाको सह–अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य उन्नतशिल युवा क्लवका अध्यक्ष कमलवहादुर खत्री र कार्यक्रमको सञ्चालन कृष्ण क्षेत्री र नारायण खत्रीले गर्नुभएको थियो ।  


सम्बन्धित समाचार (फलेवास नगरपालिका )