Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2041




दिदिबहिनी कपमा शिवम् न्यु डायमण्ड र एपीएफ सेमिफाईनलमा
दिदिबहिनी कपमा शिवम् न्यु डायमण्ड र एपीएफ सेमिफाईनलमा

          

फागुन २२ पर्वत । शिवम् न्यु डायमण्ड एकेडेमी र एपीएफ क्लब साबित्री कन्चनजंगा दोश्रो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनमा प्रवेश गरेका छन् । मंगलवार पर्बको कुस्मामा भएको लिग खेलमा दुवै टिमले दोहोरो जित निकाल्दै समूह बिजेताका रुपमा अन्तिम चारमा स्थान बनाएका हुन् । बडगाउ स्थित शसस्त्र प्रहरी बलको कोर्टमा भएको उद्घाटन खेलमा शिवम् न्यु डायमण्डले नेपाल आर्मीमाथी ३–० को सहज जित निकाल्यो । दोश्रो खेलमा पनि शिवम् न्यु डायमण्डले पश्चिमाञ्चललाई ३–० कै सोझो सेटमा स्पब्ध बनायो । उदघाटन खेलमा शिवम् न्यु डायमण्डले नेपाल आर्मीलाई २५–१७,२५–१४ र २५–१७ को सेटमा हराउदा दोश्रो खेलमा पश्चिमाञ्चललाई २५–११,२५–६ र २५–१४ को सोझो सेटमा हरायो । 


समूह “ए” बाट शिवम् न्यु डायमण्ड बिजेताको हैसियतले सेमिफाईनलमा प्रवेश गरेको हो । बुधवार हृुने आर्मी र पश्चिमाञ्चल बीचको लिग खेलको बिजेताले समूह को उपबिजेताको रुपमा सेमिफाईनलमा स्थान पाउने छ । 

दशौं पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियो दिदिबहिनी ९५.२ मेगाहर्जको आठौं वार्षिकोत्सवका अवसरमा संचालन भएको प्रतियोगितामा एपीएफले नेपाल पुलिसलाई ३–१ को सेटमा हरायो । एपीएफले पुलिसमाथी २५–१७,२७–२९,२५–२१ र २५–११ को सेटमा रोक्यो । दोश्रो खेलमा एपीएफले र आयोजक दिदि बहिनीलाई २५–२,२५–४ र २५–१२ को सोझो सेटमा हरायो । समूह “बी”बाट एपीएफ बिजेताको हैसियतमा सेमिफाईनल प्रवेश गर्दा उपबिजेताको रुपमा नेपाल पुलिस र आयोजक दिदीबहिनी बीचको बिजेताले प्रवेश पाउने छ ।



प्रतियोगिताको शसस्त्र चण्डीका गणका गणपती एस्पी नवराज अर्याल,आयोजक रेडियो दिदिबहिनीकी अध्यक्ष कल्पना चापागाई,नेपाल भलिबल संघका उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक यमवहादुर गृुरुङले सयुक्त रुपमा रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।


साबित्री कन्चनजंगा अगरबत्तीको मुख्य प्रयोजन रहेको प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । लिगकम नकाउटका आधारमा फाल्गुन २२ देखि २४ सम्म संचालन हुने प्रतियोगितामा साबिक बिजेता शिवम् न्यु डायमण्ड एकेडेमी, शसस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ र आयोजक दिदि बहिनीको स्थाीनय टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका बिजेताले १ लाख,उपबिजेताले ६० हजार र तेश्रो हुनेले ४० हजार नगद सहित ट्रफि,मेडल प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्ने छ भने उत्कृष्ट स्पाईकर,सेटर,ब्लकर,क्विाकर,सर्भरले जनही ५ हजार नगद प्राप्त गर्ने छन् ।


सम्बन्धित समाचार (जिल्ला )