Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1897




खुर्कोटमा उदघोषण तथा भाषणकला तालीम सम्पन्न
खुर्कोटमा उदघोषण तथा भाषणकला तालीम सम्पन्न

चैत्र २८, पर्वत ।।पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटका युवाहरूलाई लक्षित गरि आयोजना गरिएको तीनदिने उदघोषण तथा भाषणकला तालीम मंगलवार समापन भएको छ ।


कुश्मा नगरपालिका २ खुर्कोट वडा कार्यालयको आर्थिक सहयोगमा बगैंचा युवा क्लवले आयोजना गरेको तालीमको समापन समारोहका अवसरमा बोल्दै वडाअध्यक्ष यदुनाथ बास्तोलाले तालीममा सिकेको ज्ञानलाई जीवनपद्दतिका रूपमा विकास गर्न सुझाव दिनुभएको थियो । उहाँले वडाबाट गरेको सानो सहयोगले क्लवले युवाहरूका लागि भाषणकला र उदघोषण तालीमको आयोजना गरी युवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याएकोमा क्लवको प्रशंसा  समेत गर्नुभएको थियो ।

सोही कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष तथा हिमालय माविका शिक्षिका राधाकुमारी शर्माले तीनदिने तालीम युवाहरूका लागि निकै फलदायी भएको वताउँदै क्लवले आगामी दिनमा अझै रचनात्मक काम गर्न सुझाव दिनुभएको थियो ।

कार्यक्रममा सगजकर्ता तथा रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायलले उदघोषण र भाषणकलाका लागि तीनदिनको तालीम आधारभूत सिकाइमात्र भएको उल्लेख गर्दै कुशल उदघोषक र प्रखर वक्ताका लागि सहभागीहरूको निरन्तरताको अभ्यास आवश्यक रहेको वताउनु भएको थियो । 

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)