Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1762




फलेवास नगरपालिकाका सबै वडामा व्यवसायिक महिला समूह गठन
फलेवास नगरपालिकाका सबै वडामा व्यवसायिक महिला समूह गठन

चैत्र २९, पर्वत ।महिलाहरुलाई व्यवसायीक बनाउने उद्देश्यले पर्वतको फलेवास नगरपालिकाले नगरका सबै वडामा व्यवसायिक महिला समूह गठन भएको छ । समुह मार्फत महिला उद्यमी बन्ने विश्वास लिईएको छ ।


महिलाहरुको जिविको पार्जनमा सहयोग पु¥याउने उद्देश्यले नगरका ११ वटा वडामा व्यवसायिक महिला समूह गठन गरिएको हो । नगरमा गठन भएको समुहका पदाधिकारी, महिला सदस्य र दलित सदस्यका लागि एक दिने अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।

बुधवार फलेवास नगरपालिका ९ भँगरामा सम्पन्न भएको तालिममा कार्कीनेटा, थापाठाना, भँगरा र शंकरपोखरीका महिलाहरुको सहभागिता रहेको थियो । त्यस्तै बिहिवार भवानी विद्यापीठ मा.वि खानीगाउँमा सम्पन्न भएको तालिममा खानीगाउँ, देविस्थान, मुडिकुवा, कुर्घा, लिमिठाना, ठानामौला, पाङराङका ५२ जना महिलाहरुको सहभागिता रहेको फलेवास महिला विकास शाखा प्रमुख तारा सुनुवारले जानकारी दिनुभयो ।

तालिममा समुह व्यवस्थापन, व्यवसायका लागि आधारभुत सिप, बजार व्यवस्थापन लगायत फलेवास नगरपालिका निति तथा कार्यक्रमका वारेमा जानकारी गराईएको थियो । तालिमको सहजिकरण फलेवास नगरपालिका मेयर पदमपाणि शर्मा, उपमेयर मन्जु अधिकारी, फलेवास महिला विकास शाखा अधिकृत तारा सुनुवार र कृष्ण पौडेलले गर्नुभएको गर्नुभएको थियो । 

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)