Author
ParbatNepal
Correspondent, ParbatNepal
8 years ago
1717
जनज्योतीका दुई उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ती
चैत्र ३०, पर्वत ।पर्वतको एक सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको छ । पर्वतको फलेवास नगरपालिका ८ ठानामौलामा अवस्थित जनज्योती माध्यमिक विद्यालयका दुई जना उत्कृष्ट विद्यार्थीलाई छात्रबृत्ती वितरण गरिएको हो ।
सोडक सृजनशिल नवराज स्मृति कोषद्धारा विद्यार्थीहरुलाई व्याग, सर्ट, पाइन्ट, जुत्ता, कापी, कलम, लगायत नगद १ हजारका दरले रकम प्रदान गरिएको थियो । आधारभुत तहमा उत्कृष्ट र माध्यमिक तहमा उत्कृष्ट हुने दुई जना विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको हो ।
स्मृति कोषमा हाल १ लााख ८० हजार रकम जम्मा भएको छ । उक्त रकमवाट प्रत्येक बर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाइ पोत्साहन स्वरुप छात्रवृती प्रदान गदै आईरहेको छ ।
सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)
