Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1903




पर्वतको पाखापानी स्वास्थ्यचौकीमा चौबिसै घण्टे प्रसुती सेवा
पर्वतको पाखापानी स्वास्थ्यचौकीमा चौबिसै घण्टे प्रसुती सेवा

बैशाख २, पर्वत । पर्वतको महाशिला गाउँपालिका ४ पाखापानीमा २४ घण्टे प्रसुती सेवा शुरु भएको छ । पाखापानी स्वास्थ्य चौकी स्वास्थ्य चौकीमा उक्त सेवा शुरु भएको हो । गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा आकस्मिक र २४ सै घण्टे प्रसुती सेवा शुरु गर्ने लक्ष्य अनुसार सेवा शुरु गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले आज एक कार्यक्रमको आयोजना गरि प्रसुती सेवा शुरु भएको घोषणा गर्नुभएको छ । सुत्केरी हुन नसकेका महिलाहरु अव डोकोमा बोकिएर सदरमुकाम वा पोखरा जानुपर्ने बाध्यता हटेको अध्यक्ष पौडेलले बताउनुभयो । ग्रामीण क्षेत्रका नागरिकहरुलाई सहज रुपमा सेवा दिन प्रसुती सेवा शुरु गरिएको उहाँले बताउनुभयो ।

पर्वतको पाखापानी सहित स्याङजाको आग्रीखर्कका नागरिकहरुले पनि सेवा लिन पाउने छन् । महाशिला गाउँपालिकाले सबै स्वास्थ्य चौकीमा प्रसुती सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ । 

सम्बन्धित समाचार (महाशिला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)