Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1831




शिघ्र स्वास्थ्यलाभको कामना
शिघ्र स्वास्थ्यलाभको कामना

बैशाख ३, पर्वत ।कुश्मा नगरपालिकाका उपमेयर सीता काफ्ले लामिछाने, उहाँकी छोरी र चालक समेत दुर्घटनामा परि घाईते हुनुभएकोमा कुश्मा नगरपालिकाले शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

कुश्मा नगरप्रमुख रामचन्द्र जोशिले एक बिज्ञप्ती निकाल्दै सवारी दुर्घटनामा घाइते उपप्रमुख सिता काफ्ले लामिछाने ,उहाँका छोरी सहित सहचालकको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । काठमाडौबाट पोखरा आउदै गरेको बोलेरो जिप ट्रक संग ठोक्किएर दुर्घटना भएको थियो ।

कुस्मा नगरपालिकाकी उपमयेर सिता काफ्ले लामिछाने चढेको गाडीलाई ट्रकले ठक्कर दिएको हो । उहाँ सहित घाईतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको छ । लामिछाने सहित सबैको अवस्था अहिले सुधार भएको छ । 


सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)