Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2061




फलेवासका कृषकलाई व्यवसायिक बनाउन आवश्यक उपकरण बितरण
फलेवासका कृषकलाई व्यवसायिक बनाउन आवश्यक उपकरण  बितरण

साजन परियार- फलेवास ३, पर्वत । फलेवास नगरपालिकाका कृषकहरुलाई व्यवसायिक बनाउन कृषिकर्ममा आवश्यक उपकरण अनुदानमा बितरण गरिएको छ । नगरपालिकाले चालु आर्थिक बर्षको बजेट मार्फत कृषकहरुलाई खेत जोत्ने हाते ट्याक्टर, घाँस काट्ने मेसिन, कुटानी पिसानी मिल, मकै छर्ने मेशिन बितरण गरेको हो ।

सोमबार नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि अनुदानका यान्त्रिक सामाग्री बितरण गरेको हो । नगरपालिकाका अनुसार हाते ट्याक्टर ११ वटा, कुटानी मेशिन १४ , घाँस काट्ने मेशिन १ वटा बितरण गरिएको फलेबास नगरपालिकाका कृषि शाखा प्रमुख नारायण शर्मा पौडेलले जानकारी दिए ।

कृषकहरुको मागको आधारमा कृषकहरुलाई अनुदानमा सामाग्री बितरण गरिएको उनले बताए । गएको कार्तिकमा सुचना प्रकाशित गरेर नगरपालिकाले माग संकलन गरेको थियो । सोहि मागका आधारमा अनुदानमा सामाग्री प्रदान गरिएको फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्माले जानकारी दिए । कृषिमा यान्त्रिककरण र परम्परागत कृषि प्रणालीमा आधुनिककरण गर्न नगरपालिकाले अनुदानका बिभिन्न कार्यक्रम ल्याएको छ ।

नगरपालिकाले चालु आर्थिक बर्षमा १ करोड ६० लाख रुपैयाँको अनुदान सम्झौता गरिसकेको छ । अनुदान सम्झौता भएका कृषकहरुलाई किस्ता किस्तामा सामाग्री र आवश्यकिय सहयोगहरु दिँदै जाने योजना रहेको मेयर शर्माले बताए ।

उपकरण पाएका कृषकहरुले नगरपालिकाले गरेको सहयोग प्रति खुशी व्यक्त गरेका थिए । कृषि उपजको बजारीकरणको समस्या समाधान गर्न पनि नगरपालिकाले सहयोग गर्नुपर्ने आवश्यक रहेको कृषकहरुले बताएका छन् । नगरपालिकाका ११ वटै वडाका कृषकहरुलाई सामाग्री बितरण गरिएको थियो । 

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)