Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1856




ब्यवसायिक महिला समुहको नगरस्तरिय संजाल गठन
ब्यवसायिक महिला समुहको नगरस्तरिय संजाल गठन

बैशाख ७, फलेवास । ब्यवसायिक महिला समुहको नगरस्तरिय संजाल गठन भएको छ । फलेवास नगरकार्यपलिकाको आयोजनामा नगरका ११ वटा वडा स्तरमा महिला व्यबसायिक समुहहरूको संजाल गठन भएको हो ।

सन्जालले प्रत्यक वडामा लंैगिक हिंसा न्यूनिकरण गर्न गठित समुहको निगरानी गरि अभिमुखिकरणको माग नगरकार्यपालिकामा गर्ने रहेको छ । यस्तै नगर सञ्जालको रोहवरमा मदिरा बेचबिखन गर्ने महिलाहरूलाई सचेत गराउने ,मदिरा बिक्रीवितरण गर्ने महिलालाई अन्य ब्यवसायमा लाग्न प्रोत्साहन सहित सहयोग गर्ने प्रतिबद्धता महिलाहरुले गरेको फलेवास नगरपालिका महिला बिकास शाखा प्रमुख तारा सुनुवारले जानकारी दिनुभयो ।

सो अवसरमा वोल्दै कार्यपालिका सदस्य दिपक शर्माले सबै वडाका महिलाहरू आर्थिक रूपमा शसक्त हुन  व्यबसाय संचालन गर्न आग्रह गनुभयो । नवगठित सञ्जालको अध्यक्ष फलेवास नगरपाmिका वडा न ६ की रिता भुसाल,उपाध्यक्ष वडा नं ११ की रनु कुवँर,सचिव वडा नं ४ की कमला कुवँर,कोषअध्यक्ष वडा नं २ की बिध्या शर्मा सुवेदी र सहसचिवमा वडा न १ की संगिता क्षेत्री रहनुहुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा शुशिला शर्मा,सीता कुवर,डिल्ली कुमारी चपाँई,कमला कुवर,भिम कुमारी सुनार,ज्ञानु कवुंर  सहित ११ सदस्य संजाल गठन भएको छ । कार्यपालिकाकी जेष्ठ महिला सदस्य केशा परियारको अध्यक्षतामा कार्यक्रम आज समपन्न भएको हो ।

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)