Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1816




कुश्मामा संसारकै दोश्रो अग्लो बञ्जी सहतिको साहसिक पुल निर्माण शुरु
कुश्मामा संसारकै दोश्रो अग्लो बञ्जी सहतिको साहसिक पुल निर्माण शुरु

नेपालकै अग्ला ३ झोलुङ्गे पुलले चिनिएको पर्वत सदरमुकाम कुश्मामा एसियाकै पहिलो बन्जीजम्प सहितको साहसिक पुल निर्माण हुने भएको छ । पर्वतको कुश्मा र बागलुङको बलेवालाई जोड्न र यस क्षेत्रलाई पर्यटन गाउँका रूपमा बिकास गर्ने उद्देश्यले कुश्मामा संचालन गर्न लागिएको उक्त पुलको शनिवार बिधिवत रुपमा शिलन्यास भएको हो ।

उक्त बञ्जी संसारकै दोश्रो अग्लो बञ्जीका रूपमा संचालन हुने पुलका लगानीकर्ता युवराज जोशिले बताए । जोशीले संसारकै लामो स्वीङ र अति स्तरीय स्काई बृजले धेरै बाहृय पर्यटकहरूलाई कुश्मामा आकर्षित गर्ने विश्वास गरिएको बताए ।

बञ्जीसँगै पारि पट्टी बलेवामा २० रोपनी क्षेत्रफलमा फैलिएको अत्याधुनिक र सुविधा सम्पन्न रिसोर्ट समेत संचालन गरिने भएको छ । उक्त रिसोर्टमा स्वीमिङ पुलस स्टिम वाथ र अति स्तरीय एवं अत्याधुनिक कोठाहरू निर्माण गरिने जोशीले बताए ।

पर्वतको मात्र नभएर नेपाल राष्ट्रकै गौरवका रूपमा निर्माण हुन लागेको यो बञ्जीले विश्वभरका साहसिक खेलाडिहरूलाई आकर्षित गर्ने विश्वास गरिएको पुलका अर्का लगानीकर्ता नेत्र पराजुले बताए ।

उक्त बञ्जीका लागि करिव ११ करोड देखि १२ करोड रूपैयाँ सम्म खर्च हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)