Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2196




खानीगाउँमा बर्षनी खानेपानीको समस्या
खानीगाउँमा बर्षनी खानेपानीको समस्या

साजन परियार बैशाख ७, पर्वत । सुख्खायाम लागेसँगै पानीका मुहान सुक्न थालेपछि यहाँका बासिन्दा पिउनेपानीवाट बञ्चित भएका छन् । खानेपानी मुहानको उचित संरक्षण व्यवस्थापन हुन नसक्दा पर्वत फलेवास नगरपालिका ५ खानीगाउँका बासिन्दा खानेपानीवाट बञ्चित भएका हुन् ।

लामो समयदेखी खानेपानीको समस्या झेल्दै आएका साबिक खानीगाउँ गाविसका ३,४, ५ र ६ नम्वर वडाका स्थानियबासी खानेपानीका लागि घण्टौँ हिँड्न बाध्य भएको बताउँछन् । यि ठाउँमा मात्र होईन खानेपानी मुहानको उचित संरक्षण र व्यवस्थापन हुन नसक्दा खानीगाउँका अन्य गाउँमा पनि खानेपानीको समस्या छ । हिउँद लागेसँगै खानेपानीको समस्या आईपरेको र आकाशे पानीको भरमा जिवन निर्वाह गर्नुपरेको स्थानिय तारा तिवारीले बताउन्ु भयो ।

एक सय ३५ घरधुरी रहेको  उक्त ठाउँमा खानेपानीको बर्षर्नी समस्या छ । समस्याका बारेमा जनप्रतिनिधीहरुलाई जानकारी गराएपनि खासै चासो नदेखाएको स्थानिय युवा लकास सुवेदीले बताउनुभयो । गहते झकलक खानेपानी उपभोत्ता समितिका सचिव पुण्यप्रसाद सुवेदीले गाउँमा प्रर्याप्त मात्रामा खानेपानी ल्याउन पहल भईहेको उहाँले बताउनु भयो ।

सुख्यायाम लागेसँगै ग्रामिण भेगमा पानीका मुलसुकेर जान थालेपछि पर्वत जिल्लाका विभिन्न स्थानमा खानेपानको समस्या देखिन थालेको छ ।


सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)