Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1787




एकिकृत सम्पत्ती करको तथ्याङक संकलनमा समस्या
एकिकृत सम्पत्ती करको तथ्याङक संकलनमा समस्या

बैशाख ९, पर्वत । फलेबास नगरपालिकामा एकिकृत सम्पत्तीकर लगाउन तथ्याङक संकलन भैरहेपनि नागरिकको चासो भने कम रहेको पाइएको छ । गाउँ गाउँमा संकलक टोली पुगेपनि स्थानीयले भने चासो दिएका छैनन् ।


संकलकहरुलाई यथार्थ जानकारी दिन स्थानीयबासी तत्पर नरेहको पाइएको वार्ड नम्बर ४ मुडिकुवाका तथ्याङ्क संकलक ईन्दप्रसाद सापकोटाले बताउनुभयो । उहाँले नगरवासीहरुले जानकारी दिन नमान्ने कारण समस्या उत्पन्न भएको बताउनुभयो । नगरपालिकाले करको दायरा बढाउने भयले नागरिकहरु तथ्याङ दिन तयार छैनन् । त्यस्तै बसाईसराई,बैदेशिक रोजगारी,लालपुर्जा उपलब्धता नहुनु,घरजग्गा बन्दकीमा दिनु लगायत मुख्य समस्या हुन । फलेवास नगरपालिकाले गत चैत अन्तिम सातदेखि एकिकृत सम्पत्ति,कर र गुरुयोजना निमार्ण कार्यको तथ्याङ्क संकलन अभियान शुरु गरेको छ ।



फलेवास नगरपलिकाका ११ वडाहरुमा तथ्याङ्क संकलक खटाई काम शुरु गरेको नगरपालिकाका प्रमुख पदमपाणी शर्माले बताए । उनका अनुसार नगरपालिकाका सवै साविकका वडाका बासीन्दाहरुको सुझाव,सल्लाह संकलन गरेर योजना तर्जुमा गर्न लागिएको हो । फलेवास नगरपालिकाका वडाहरुमा रहेका जग्गाको क्षेत्रफल,बिबरण,भिर्पाखको अबस्था,जग्गा जमिन मोटरबाटोमा परे नपरेको जानकारी,ईन्धनको रुपमा के के प्रयोग भएको छ,स्वास्थय उपचार गर्न जाने संस्था कहाँकहाँ छ भन्ने जस्ता दैनिक उपभोग्य संरचनाको अवस्थाको तथ्याङ्क संकलन जारी रहेको उनले बताए ।


फलेवास नगरपालिकाका सम्पुर्ण वडाहरुमा अभियानको रुपमा एकीकृत सम्पत्ति कर र गुरुयोजना निर्माण कार्यको तथ्याङ्क सकंलन धमाधम भईरहेको छ । नगरपालिकाका वडाहरुमा खटिएका सकंलकहरुलाई यर्थाथ तथ्याङ्क सकंलन गर्न ग्राहो भएको गुनासो गरेका छन । फलेवास नगारपालिका वडा नम्बर चार साविकको आठ नम्बरका संकलक ईन्द्र प्रसाद सापकोटाका अनुसार उनीहरुलाइै यथार्थ तथ्याङ्क लिन अप्ठीयारो भएको छ ।


सापकोटालाई जस्तै छविलाल तिवारी,भोलानाथ पौडेल,सरस्वती लामिछाने,ओमकार पौडेल लगायत फलेवास नगर भित्रका अन्य संकलकहरुको यस्तै गुनासो छ । उनीहरुले यहाँका स्थानीयलाई बिभिन्न माध्यमबाट खबर र पत्रचार गरे पनि तथ्याङ्क संकलनमा चासो देखाए्का छैन्न् ।


 

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)